☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

पत्रकार गेलाङ्गकाे दुर्घटनामा मृत्यु

  |

सुशील खड्का
सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङ्गको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा टिप्परकोको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह– सचिव गेलाङ्गको घटना स्थलमै मृत्यु भएको हो ।


छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रारम्भीक अनुसन्धानबाट आफ्नै साइटमा गुडिरहेको मोटरसाईकललाई टिप्परले ठक्कर दिएको खुलेको छ ।

ठक्कर लगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको र चालक फरार रहेको चौलागाईँले बताए । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । लेकबेसी- ७ कल्याण घर भएका गेलाङ्ग वीरेन्द्रनगरमा विगत लामो समयदेखि पत्रकारिता पेशमा अावद्ध थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     2:55:00 PM
error: Content is protected !!