☰ open Loading... 29 March 2024|  

सुर्खेतमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
  | ३१ जेष्ठ २०७६, शुक्रबार ११:०८

सुर्खेत । सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको यरिचौकमा गएराती भएको दुर्घटनामा वीरेन्द्रनगर २ नम्बर वडा कार्यालयका सचिव नारायणदेव गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालयका सचिव नारायणदेव गिरी ।

मुलपानीबाट यरिचौकतर्फ गइरहेको भे १ ह ३८७४ नम्बरको अटोले गिरी सवार भे ७ प १८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गिरी घाइते भएका थिए । घाइते गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । गिरी वीरेन्द्रनगर–४ निवासी हुन् । अटो र अटो चालक दिपककुमार सावदलाई नियन्त्रणमा लिएको कार्यालयको भनाई छ ।

यस्तै, बिहिबार नै कर्णाली राजमार्गको बाँगेशीमल–बड्डीचौर सडक खण्डको गिरीघाटमा ट्याक्टर पल्टिदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ । भे १ त ५२८८ नम्बरको ट्याक्टर अनियन्त्रितहुँदा सडक किनारामा पल्टिदाँ वीरेन्द्रनगर–१ बांगेशीमल निवासी नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।