☰ open Loading... 6 December 2019|   शुक्रबार, मंसिर २०, २०७६

नेपाली सेनाद्वारा पहिलो पटक हतियारसहित सैन्य सामग्री प्रदर्शनी

  |

सुशील खड्का
सुर्खेत । नेपाली सेना र नागरिकहरुविचको सम्वन्ध मजवुत बनाउन पहिलो पटक सुर्खेतमा हतियार तथा अन्य सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । नेपाली सेनाको विगत र हालको अवस्थाबारे जानकारी दिने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको हो ।


नेपाली सेनाले विकास निर्माण, विपद् व्यवस्थापन, समयानुकल अवलम्बन गर्दै आएको सुरक्षा रणनीति तथा हतियारहरु बारे जानकारी दिन प्रदर्शनी शुरु गरेको छ ।

उत्तरपश्चिम पृतना हेडक्वार सुर्खेतको आयोजनामा कालिबक्स दल गण एयरपोर्टमा सेनाले विविध सामग्रीहरु प्रदर्शनीमा राखेको हो । विद्यार्थीहरुलाई सेनाले गर्दै आएको अभ्यासका बारेमा जानकारी दिनु प्रदर्शनीको मुख्य उदेश्य रहेको उत्तरपश्चिम पृतना हेडक्वार सुर्खेतका उपरथि सरोजप्रताप राणाले जानकारी दिनुभयो ।

उहाँले तीनदिनसम्म चल्ने प्रदर्शनीले सेना र नागरिकविचको सम्बन्ध अझै नजिक बनाउने अपेक्षा राखेको बताउनुभयो । नेपाली सेनाले गर्दै आएको हरेक गतिविधिबारे आम नागरिकलाई प्रत्यक्ष रुपमा जानकारी दिन सेनाले पहिलो पटक प्रदर्शनी गरेको जनाएको छ ।

सेनाका गतिविधिबारे जानकार रहेपनि प्रत्यक्ष रुपमा अवलोकन गर्न पाएकोमा विद्यार्थीहरु उत्साहित छन् । असार १ गतेसम्म जारी रहने प्रदर्शनीमा नेपाली सेनाका विभिन्न प्रकारका हतियार, सैन्य तालिम, सैन्य सामग्री राखिएको छ ।

 

 

 

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६     1:08:23 PM
error: Content is protected !!