☰ open Loading... 29 March 2024|  

पाँच बुदे सहमतिपछि पत्रकार गेलाङ्गका आफन्तले शव बुझे (निर्णयसहित)
  | ३१ जेष्ठ २०७६, शुक्रबार १८:५६

सुशील खड्का
सुर्खेत । दुर्घटनामा मृत्यु भएका पत्रकार नन्दबहादुर गेलाङ्गका आफन्तले शव बुझेका छन् । जिल्ला प्रशासान, स्थानीय जनप्रतिनीधि र आफन्त परिवारविच शुक्रबार दिउँसो बसेको वार्ताले पाँच बुदे सहमति भएपछि आफन्तले शव बुझ्न मानेकाहुन् ।
यो पनि पढ्नुहोस् : पत्रकार गेलाङ्गको शव नउठाउने भन्दै छिन्चुमा सडक अवरुद्ध
यो पनि पढ्नुहोस् : पत्रकार गेलाङ्गकाे दुर्घटनामा मृत्यु

सहमतिमा मृतक गेलाङ्गका परिवारलाई क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले विभिन्न निकाय संग पहल तथा सिफारिस गर्नेछ । वालवालिकाको शिक्षाका लागि सम्वन्धित गाँउपालिकालाई निःशुल्क शिक्षण गर्न गर्ने सिफारिस गर्ने र आर्थिक सहयोगका लागि विभिन्न संघसंस्था तथा प्रतिष्ठान संग पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरले जानकारी दिए ।


वार्तामा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, प्रहरी उपरिक्षक बसन्त रजौरे, लेकवेसी नगरपालिकाका नगरप्रमुख गगन सिं सुनार, गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्तबहादुर पुन तथा पिडित पक्षका आफन्त र पत्रकारहरुको उपस्थितमा सहमति भएको हो ।

मेहलकुना अस्पतालमा राखिएको शवको आझै पोष्टमार्टम गरिने र भोली (शनिबार) आफन्तले चिंगाड खोलामा दाहसंस्कार गर्ने भएका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका सह–सचिव तथा नेपाल जनजाती पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष समेत रहेका गेलाङ्ग सुर्खेतबाट प्रकाशीत हुने सुर्खेत पहिचान दैनिकका सम्पादक थिए । उनको बुधबार भेरीगंगा नगरपालिका–८ लोदेमा टिप्परको ठक्करबाट मृत्यु भएको हो ।