☰ open Loading... 25 April 2024|  

माहिनापिच्छे पानी परिक्षण
  | ३२ जेष्ठ २०७६, शनिबार १७:२८

दैलेख, नौमुले गाउँपालिकामा संञ्चालित खानेपानी योजनाहरुमा महिनापिच्छे पानी परिक्षण हुने गरेको छ । सफा स्वस्थ पानी नागरिकहरुसम्म पुगोस् भनेर वैशाखबाट पानी परिक्षण गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा पानी परिक्षणका ल्यावको स्थापना गरिएको छ । स्वास्थ्य केन्द्रमै काम गर्ने कर्मचारीलाई तालिम दिई पानी परिक्षण गर्न खटाईएको छ । अहिले बैशाख र जेष्ठमा ५ वटा योजनाबाट पानीको नमुना ल्याएर परिक्षण सकिएको ल्याव टेक्नोसियन टिका थापाले बताईन् । ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजना÷नौमुले गाउँपालिकाले स्वस्थ र शुद्ध पानी उपभोक्तामाँझ पुराउनका लागि पानी परिक्षण गर्न ल्याव स्थापना गरेका हुन् ।

गोगनपानी खोनपानी तथा सरसफाई योजना, पानीधारा खानेपानी तथा सरसफाई योजना, मस्यागघारी खानेपानी तथा सरसफाई योजना, ठुटेसिमन खानेपानी तथा सरसफाई योजना, र रायोघारी खानेपानी तथा सरसफाई योजनामा सुरुवाती चरणमा पानी परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ । पानी गुणस्तर परिक्षण ल्यावबाट हुने छ ।

पानीमा धमिलोपना चेक, धमिलो पना कम की बढी भएको छ, केमिकलजन्य पदार्थ मात्रा कति छ, दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिनको मात्रा कति छ भनेर मासिक रुपमा योजनाहरुबाट नमुनाका रुपमा ल्याईएको पानी ल्यावमा २४ घण्टाभित्र परिक्षण गरिने गाउँपालिका जलश्रोत अधिकृत लोकबहादुर बोगटीले बताए । ‘सफा पानीकै कारण विरामी नहुँने हुँदा उपचारको पैसा खर्च जोगिन्छ छ ।’ गाउँपालिका जलश्रोत अधिकृत बोगटीले भने, जसका लागि मासिक रुपमा पानी परिक्षण गरेका छौं । अगामी वर्षबाट गाउँपालिकाभरका योजनामा पानी परिक्षण हुनेछ ।’

सम्वन्धी योजनाका मर्मत सम्भार कार्यकताले पानीको नमुना ल्याव टेष्टका लागि नौमुलेसम्म ल्याउने गरेका छन् । ल्यावमा पानी परिक्षण गरिसकेकापछि आवश्यक अनुसार स्वास्थ पानीका लागि उपचार विधि समेत अपनाईन्छ । ‘मुलबाटै सिधा पानी खाने गरेको आफुहरुका लागि ब्यवस्थीत धाराहरुबाट पानी खान थालियो ।’ मस्यागघारी खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष बलबहादुर सिजालीले भने, अहिले ती धाराहरुमा पानी स्वस्थ छ की नाई भनेर मासिक परिक्षण समेत हुन थालेको छ । जनताका लागि खुसीको कुरा हो ।’ ल्याव टेष्टका लागि दुई जनाले तालिम लिएका छन् ।

तालिम लिनेमा उपेन्द्र थापा र टिका थापा हुन् । उनीहरु प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी हुन् । आफुहरुले खाईरहेको पानी मासिकहरु रुपमा खान योग्य छ की छैन् भनेर चेकजाँच हुन थालेपछि ढुक्कसंग खाईरहेको गोगनपानीका अगुवा गोपाल थापाले बताए । यसरी मासिक रुपमा पानी ल्यावबाट परिक्षण भएपछि पानीजन्य रोगहरु नहुँने गरेको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । ‘पानी कै कारण अव रोग लाग्दैन् ।’ अध्यक्ष बुढामगरले भने, पानी परिक्षणपछि उपचारका लागि निराकरणका उपायसमेत अपनाउछौं ।’