☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

योजना बनाउदै बालबालिका

  |

दैलेख, स्थानीय तहको नीति, योजना र कार्यक्रमलाई सहयोग गर्ने गरी बालबालिकाले आफ्नो योजना आफ्रै निर्माण गरेका छन् । गुराँस गाउपालिकाले आयोजना गरेको बाल भेलामा बालबालिकाले आफ्नो योजना आफै बनाएका हुन् ।

गाउँपालिकाका सबै बालबालिकाको आवाजलाई समेट्ने गरी झण्डै १ करोड ५० लाखको बार्षिक योजना बालबालिकाले बनाएका छन् । बाल उद्यान, विद्यालय तथा समुदायमा सूचना प्रविधिको विकास, बालमैत्री शौचालय, घेरबार, बालमैत्री खानेपानी योजना निर्माण लगायतका योजनाहरु बालबालिकाको प्राथमिकतामा रहेका छन् ।

बालबालिकाको लागि योजना निर्माण गर्दा होस वा योजना कार्यान्वयनमा बालबालिकाको सहभागीता गर्नुपर्ने गाउँ बाल सञ्जालकी अध्यक्ष कल्पना रामजाली मगरले बताईन् । ‘बालबालिकाका आवश्यकताहरु बालबालिकालाई नै जानकारी हुन्छ ।’ अध्यक्ष रामजालीले भनिन् ः ‘बालविवाह, छाउपडी, बालश्रम र छोरा छोरी बीच विभेद लगायतका समस्याहरु अहिले पनि समाजमा कायम रहेकाले यस्ता सामाजिक विकृति न्यूनिकरणका लागि स्थानीय तहले लगानी गर्नुपर्ने छ ।’

गाउँपालिका बालबालिकाको क्षेत्रमा लगानी गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । ‘हामी बालअधिकारमा आधारित योजना बनाउदै छौं ।’ अध्यक्ष ओलीले भने, जस्ले गर्दा बालबालिकामा लगानी गर्ने वातावरण तयार हुदैछ ।’ बालबालिकाको जीवन र विकासलाई दिगो बनाउन बालमैत्री नीति, बालमैत्री संरचना लगायतका कार्य गाउँपालिकाले गर्दै आएको उनको भनाई थियो ।
स्थानीय तहको योजना बनाउदा सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने स्थानीय शासन सञ्चालन ऐन २०७४ मा व्यवस्था गरेको बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए ।

अन्तर्राष्टिय बाल अधिकार महासन्धी १९८९ को सिद्धान्तमा आधारित भई बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता जस्ता क्षेत्रमा केन्द्रित भई बालबालिकालाई शासन व्यवस्थाको प्रतिफल दिलाउन स्थानीय सरकारले पहल गर्नुपर्छ । ‘बाल अधिकारको विषयलाई स्थानीय तहको नीति, योजना, कार्यक्रम र कार्यपद्धतिमा समाहित गर्न आवश्यक भएको छ ।’ अधिकारी अधिकारीले भने, स्थानीय सरकारले अपेक्षित उपलब्धि हासिल गर्न बालमैत्री तरिकाले योजना तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’

प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६     5:31:37 PM
error: Content is protected !!