☰ open Loading... 16 April 2024|  

परम्परागत नाच सिक्दै युवा
  | ३२ जेष्ठ २०७६, शनिबार १७:३३

मेहेलतोली (दैलेख), भगवतीमाई गाउँपालिकाका यूवाहरु लोप हुन थालेका पुराना नाचहरु जर्गेनाका लागि सिक्न थालेका छन् । भगवतीमाई गाउँपालिका १ र ३ वडामा लोप हुन थालेका लहरे पैंचरी र मयूर नाच ईच्छुक यूवाहरुलाई सिकाईएको हो ।

नाचमा सहभागी हुनका लागि यूवाहरुको ईच्छाशक्ति हुनुपर्ने भएकाले फर्म भरेर आफुले नाच सिक्नको कारण खुलाएर नाचमा सहभागी गराईएको घरेलुु तथा साना उद्योग विकास समिति दैलेखले जनाएको छ । उनीहरुलाई पुराना नाच्ने बुढापाखाहरुबाट प्रशिक्षण दिईएको छ । एक महिनासम्म उनीहरुले नाच सिक्ने जनाईएको छ ।

लहरे पैंचरीम २० जना सहभागी छन् । भवगतीमाई गाउँपालिका १ पग्नाथमा तालिम दिईएको छ । लहरे पैचरी कति २ लाख ४४ हजार ३ सय रुपैँया तालिमका लागि खर्च भएको कार्यक्रम संयोजक अन्जु रानामगरले बताईन् । त्यस्तै मयूर नाचका लागि १६ जना सहभागी छन् । जसमा ८ जना महिला र ८ जना पुरुष रहेका छन् ।

भगवतीमाई गाउँपालिका ३ मेहेलतोलीमा यो नाचको तालिम दिईएको छ । जसका लािग १ लाख ५९ हजार २ सय रुपैँया खर्च हुने छ । तालिममा प्रयोग हुने सामाग्री खरिद वा भाडामा लिनेदेखी सहभागीलाई खाजा खुवाउने र प्रशिक्षकलाई पारिश्रमिक दिने यहि बजेटबाटै भएको कार्यक्रम संयोजक रानामगरले बताईन् ।

बुढापाकाहरुले अहिलेसम्म सरक्षण गरेको संस्कारलाई आफुहरुले अर्को पिडीलाई हस्तान्तरण गर्ने सोचका साथ नाचमा सहभागी भएको प्रशिक्षार्थी अन्जना बोहोराले बताईन् । आफुहरुसंगै नाचेर पहिले अरुले सिक्ने गरेपनि अहिले यूवाहरुलाई सिकाउन पाउदा निकै खुसी लागेको प्रशिक्षक कर्णबहादुर थापाले बताए । पुराना संस्कार, कलासंकृति जगर्ने गर्ने र लोप हुन नदिनको लागि पुर्खाहरुले गरेको संस्कृती नयाँ पिडिलाई हस्तान्तण गर्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग विकास समिति दैलेखका बरिष्ठ घरेलु विकास अधिकृत पर्शुराम आर्चायले बताए ।

नेपाल सरकारद्धारा सञ्चालित गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमका लागि आर्थिक सहयोग घरेलु तथा साना उद्योग विकास समिति दैलेखको गरेको हो भने जिल्ला लद्यु उद्यमी समुह संघ (डिमेगा), उद्यमशिलात विकास केन्द्र दैलेखको सहजिकरणमा नाचका लागि तालिम चलाईएको जनाईएको छ ।