☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

विस्थापित बालबालिकासंग जन्माेत्सव मनाउने खत्री

  |

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ निवासी दिनेश खत्रीले २९ अाैैं वर्षाेेत्सव बाढी पहिराे विस्थापितसंग मनाएका छन् । बराहताल गाउँपालिकाकाे गिरिघाटस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय गिरीघाटमा शैक्षिक सामग्री वितरण गरेर खत्रीले जन्माेत्सव मनाएका हुन् ।


विद्यालयका ७५ जना बालबालिकाहरुलाई एक/एक दर्जन कापिकलम सहयोग गरेर जन्माेत्सव मनाएका छन । खत्रीले विगत लामाे समयदेखि आफ्नो र परिवारका अन्य सदस्यकाे जन्मदिनमा बालबालिका र विद्यालयको भौतिक संरचनाको लागि सहयोग गर्दै अाएका छन् ।

“बिगत ३ बर्षदेखि जन्मदिनमन बाढी पहिरो विस्थापित बालबालिकाहरुलाइ स्टेसनरी सहयोग गर्दै आइरहेको छु” खत्रीले भन्नुभयो, ” अरूकाे नजर नपरेकाे स्थानमा सहयोग गर्न उत्सुकता जाग्छ ।” अाफूले गरेको सानाे सहयोगले बालबालिकाहरूलाई अध्यनमा सहयोग पुग्ने विश्वास खत्रीको छ ।

विद्यालय व्यनस्थापन समितिका अध्यक्ष रामबहादुर कामीले खत्रीको सहयोगले उत्साहित भएको र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । विद्यालयका प्रधानाध्यापक तारा पोखरेल खत्रीले खत्रीको सहयोगले विद्यार्थीहरुलाई खुसी र उत्साह प्रदान गरेको बताइन ।

प्रकाशित मितिः मङ्लबार, असार ३, २०७६     9:26:49 PM
error: Content is protected !!