☰ open Loading... 19 April 2024|  

तपस्या विजनेशको शाखा सुर्खेतमा
  | ५ असार २०७६, बिहीबार १७:३१

सुर्खेत । लेखा तथा कर लगायतका विषयमा सेवा दिने उदेश्यले सुर्खेतमा तपस्या विजनेश मेनेजमेन्ट प्रा.लिको शाखा सुर्खेतमा स्थापना गरिएको छ । काठमाडौं केन्द्रीय कार्यालय रहेको प्रा.लि.को कर्णालीका दश जिल्ला हेर्नेगरी सुर्खेतमा बिहिबार शाखाको उद्घाटन गरिएको हो ।


प्रा.लि.को कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले गर्नुभयो । उहाँले व्यापारीलाई मात्रै नभई आम नागरिकहरुलाई समेत कर र लेखा लगायतका विषयमा बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई मजबुत बनाउन करको दायरा फराकिलो आवश्यक रहेको बताउनुभयो । करका बारे कतिपय व्यवसायी र नागरिकहरु नै अन्यौलमा रहेकाले त्यसबारे प्रा.लि.ले स्पष्ट रुपमा बुझाउन सुझाव दिनुभयो ।

कर र राजश्वसम्वन्धी जानकारी नभएकै कारण व्यवसायीले जरिवना तिर्नुपर्ने बाध्यता रहेकाले प्रा.लि.ले सहयोग पु¥याउनेमा मन्त्री ज्वालाको विश्वास छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले व्यवसायीहरुले कर र राजश्वका विषयमा स्पष्ट जानकारी नहुँदा दुःख झेल्नु परेको बताउनु भएको थियो ।

उहाँहरुले कर तथा लेखाका विषयमा र नयाँ व्यवसाय सञ्चालनमा अन्यौलता देखिने गरेकाले त्यसको निराकरण गर्नमा प्रा.लि.ले सहजिकरण गर्दिन आग्रह गर्नुभएको थियो । वीरेन्द्रनगरको क्याम्पस रोडमा सञ्चालन भएको प्रा.लि.ले कर, लेखासम्बन्धी परामर्श, विभिन्न व्यवसायी फर्म प्रतिष्ठानको दैनिक लेखा प्रशासन तथा बार्षिक लेखापरिक्षणसम्बन्धी प्रशिक्षण दिनेछ ।