☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

यस्तो छ कर्णालीको स्वास्थ्य अवस्था

  |

सुर्खेत ।  कालीकोटको नरहरिनाथ गाउँपालिका ७ की २० वर्षीया मीना शाहीको गत चैत २ गते मृत्यु भयो। राति घरमै मृत शिशु जन्माएकी मीनालार्ई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। बच्चा जन्मे पनि साल निस्कन नसक्दा बेहोस भएकी मीनाको सामान्य उपचार जिल्ला अस्पताल कालिकोटमा गरियो।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्म पोखरेलका अनुसार बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो। प्रदेश अस्पताल ल्याउने क्रममा उनको मृत्यु भयो। मीनाले बारम्बार आफ्नो ज्यान जोगाइदिन आग्रह गरे पनि उनको बाँच्ने चाहना भने पूरा हुन सकेन। मीनाकी सासु जुलुले भनिन्, ‘अलिकति राम्रो औषधि उपचार पाएको भए मेरी बुहारी बाँच्ने थिइन्।’

 

कालिकोटमा सुत्केरीको मृत्युको घटना सेलाउन नपाउँदै चैत ९ गते दैलेखको आठबीस नगरपालिका वडा नं। ५ की पवित्रा चौलागाई निकै जोखिम मोलेर सुत्केरी भइन्। पवित्रालाई घरमै सुत्केरी व्यथाले च्यापेको थियो। तीन दिन लामो सुत्केरी व्यथा लागेकी उनलाई राकम कर्णाली स्वास्थ्य चौकीले त्यो दिन नै सुर्खेत लैजान रेफर गरेको थियो। तर, आठबीसमा रहेका दुई वटा एम्बुलेन्समध्ये सात्तालाको एम्बुलेन्स बिग्रिएको थियो। सिंगौडीको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार नभएको उनका परिवारको भनाइ छ।

 

थप उपचारका लागि वीरेन्द्रनगर ल्याउनसक्ने अवस्था नभएपछि बीच बाटोमै हातले बच्चा झिकेर सुत्केरी गराइयो। ‘जोखिमपूर्ण अवस्थामा सुत्केरी हुँदा बच्चालाई जोगाउन सकिएन’, आठबीस नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले भने, ‘आमाको ज्यान खतरामा भएकाले घरमै हातले बच्चा तानियो।’ समयमा अस्पतालसम्म पुु¥याउने भरपर्दो साधन नहुँदा चौलागाईंले बच्चा गुमाउनुपर्‍यो।

दैलेखको आठबीस नगरपालिका वडा नं। ५ पिपलकोट तोलीचाखाकी कृष्णा कसेरालाई गत असार ५ सुत्केरी व्यथा लाग्यो। लामो समय व्यथा लागेकाले उनको स्वास्थ्य अवस्था गम्भीर थियो। अस्पताल पुयाएर ज्यान जोगाइदिन कृष्णाले गुहार मागेकी थिइन्। तर, स्वास्थ्य चौकी पुगेर ज्यान जोगाउने कृष्णाको चाहना पूरा हुन सकेन। बाटोमै जन्मिएका शिशु र कृष्णा दुवैको मृत्यु भयो।

 

१५ वर्षकै उमेरमा आमा बन्न लागेकी उनले स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्‍यो। कृष्णाका परिवारका अनुसार नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाइ र तौल एकदमै कम अर्थात् ४३ केजी मात्र थियो। भरपर्दो स्वास्थ्य सेवा र पहुँच नभएको कर्णालीमा बिरामीले भगवानकै भरोसामा बाँच्नुपर्ने बाध्यता छ। गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्य दिनहुँ जोखिममा पर्ने गरेको छ। भरपर्दो र समयमा उपचार नपाएका कारण कृष्णा, मिना जस्ता सुत्केरीहरुले अकालमा मृत्युवरण गर्नुपरेको छ भने थुप्रै महिलाले नवजात शिशु गुमाउनु परेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका शाखा अधिकृत लक्ष्मीप्रसाद भट्टराईले बताए।

कर्णाली प्रदेशका दस जिल्ला सुर्खेत, दैलेख, कालिकोट, रुकुम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, मुगु र हुम्लामा आर्थिक वर्ष २०७२र७३ मा १३ जना सुत्केरी महिलाको मृत्यु भएको थियो। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार आव २०७३÷७४ मा १८ जनाले ज्यान गुमाएका थिए भने आव २०७४र७५ मा ३७ जना सुत्केरीले अकालमा ज्यान गुमाइसकेका छन्। निर्देशनालयका अनुसार ५५।७ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी हुने गरेका छन्।

यसैगरी ६७।३ प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन् भने ३५ प्रतिशतमा रक्तअल्पता हुनेगरेको निर्देशनालयको तथ्यांकले देखाउँछ। तथ्यांकका अनुसार १५ प्रतिशत सुत्केरी महिलामा उच्च रक्तचाप हुने गरेको छ। वार्षिक रुपमा उल्लेखित तथ्यांकले कर्णाली प्रदेशका गर्भवती तथा सुत्केरी महिलाहरूको असुरक्षित अवस्था दर्शाउँछ।

स्वास्थ्य सुविधा गुणस्तर नभएका कारण कर्णाली प्रदेशमा मातृ मृत्युदर बढ्दै गएको छ। विगत तीन वर्षको तथ्यांक हेर्दा कर्णालीका सुत्केरीहरु असुरक्षित अवस्थामा रहेको देखाउँछ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा मातृ मृत्युदर बढ्दै गएको हो। घरमै सुत्केरी हुनाले पनि आमाहरूको ज्यान जोखिममा पर्ने गरेको छ। तर स्वास्थ्य संस्थामा पुगेका सुत्केरीको मृत्यु पनि बढ्दो छ।

आर्थिक वर्ष २०७३र७४ मा समुदायमा सुत्केरी हुने १२ जना र अस्पतालमा ६ जना सुत्केरीको मृत्यु भएको छ। यस्तै, गत आर्थिक वर्ष २०७४÷७५ मा ३२ जना सुत्केरीको समुदायमा मृत्यु भएको छ। जुन विगतका वर्षको तुलनामा अस्वभाविक रूपमा बढेको मृत्युदर हो। स्वास्थ्य सेवाको पहुँचमा पुगेका ५ जना सुत्केरीले ज्यान गुमाएको कर्णाली स्वास्थ्य निर्देशनालयका तथ्यांकंक अधिकृत विनोद आचार्यले बताए।

विगत तीन वर्षको तथ्यांक अनुसार कर्णाली प्रदेशका दैलेख, कालिकोट, मुगु र जाजरकोटमा सुत्केरी हुने बेलामा मृत्यु हुनेहरुको संख्या बढी छ। सुत्केरीको मृत्यु हुने दर विकट जिल्लाका अशिक्षित समुदायमा नै बढिरहेको छ। समुदायमा सुत्केरीको स्वास्थ्य उपचार नपाएकै कारण मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयकी सामुदायिक स्वास्थ्यकर्ता मानकुमारी गुरुङले बताइन्।

आव २०७२र०७३ मा डोल्पामा २, मुगुमा १, हुम्लामा २, जुम्लामा १, दैलेख र सुर्खेतमा ३र३ सल्यानमा १ जना सुत्केरीको मृत्यु भएको थियो। यस्तै आव ०७३र०७४ मा कालिकोटमा ५, दैलेखमा ६, जाजरकोटमा ४ र सुर्खेतमा ३ जना सुत्केरीले भरपर्दो उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ। आव ०७४ र ०७५ मा मुगु र जाजरकोट जिल्लामा १० र १० जना सुत्केरीको मृत्यु भएको छ। डोल्पामा २, हुम्लामा १, कालिकोटमा ४, दैलेख र रुकुममा एक एक र सुर्खेतमा ८ जना सुत्केरीको अकालमा मृत्यु भएको छ।

सुत्केरीको अवस्था नाजुक भएपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिका कारण कर्णालीमा स्वास्थ्य संस्थामा ल्याए पनि मृत्यु हुने गरेको तथ्यांक देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका तथ्यांक अधिकृत विनोद आचार्यले बताए।

गरिब तथा विपन्न प्रदेशको उपमा पाएको यस प्रदेशका महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै जोखिममा छन्। स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाको सहज पहुँच छैन। जसले उनीहरु स्वास्थ्यका दृष्टिकोणले निकै असुरक्षित छन्। बर्सेनी सुत्केरी र गर्भवती समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्। भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन। समयमा स्वास्थ्य सेवा नपाउँदा बीच बाटोमा ज्यान जाने गरेको छ।

कर्णालीका ७९ वटा स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा पुग्न सकेको छैन। जिल्ला अस्पतालले समेत उपचारका लागि रेफर गर्नुपर्ने अवस्था छ। प्रविधि, जनशक्ति र उपकरण अभावका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूको सेवा भरपर्दो छैन। जसले गर्दा जिल्ला तहका अस्पतालबाट बाह्य जिल्ला पठाउनु परेको छ।

नेपालको संविधानको भाग ३ दफा ३८ ९२० मा सुरक्षित मातृत्व प्रजनन् दर र स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक महिलालाई नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्रसूति सेवा पाउने भनेर लेखिए तापनि कर्णालीका महिलाले गुण्स्तरीय सेवा पाउन सकेका छैनन्। यहाँका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगुबाट सुत्केरीलाई थप उपचारका लागि लाखौं खर्चेर कर्णाली प्रदेश अस्पताल सुर्खेत, काठमाडौं, नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता हटेको छैन।

‘सुत्केरी तथा गर्भवती महिलाको मृत्युको कारण एउटै हो भन्न सकिने अवस्था हुँदैन’, तथ्यांक अधिकृत आचार्यले भने, ‘जनचेतनाको कमी, भौगोलिक विकटता, परम्परागत सोच, भौतिक संरचनाको अपर्याप्तताका कारण पनि महिलाहरू स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर छन्।’ साथै उनले अन्य प्रदेशको तुलनामा कर्णालीको मातृ मृत्युदर न्यून भएको दावी गरे।

केन्द्र र प्रदेश सरकारले कर्णाली लक्षित गरी सञ्चालन गरेको एयर एम्बुलेन्स पनि विपन्न परिवारका लागि उपयोगमा आउन सकेको छैन। टाठाबाठा र नेताकै आफन्तका लागि प्रयोग हुने गरेको छ। चालू आर्थिक वर्षमा करिब १३ जनाले एयर एम्बुलेन्सको उपयोग गरेका छन्।

सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरुन् र सुत्केरी पनि स्वास्थ्य संस्थामा नै हुन्, यदि अन्य अस्पतालमा रेफर गर्नुपरे पनि यातायात खर्च होस् भन्नका लागि नगरकार्यपालिकाले सुत्केरी प्रोत्साहन भत्तासम्बन्धी भत्ता २०७४ नीति कार्यान्वयन गरेको छ।

यस्तै कर्णाली प्रदेश सरकाले प्रोत्साहनस्वरुप केन्द्रले दिएको रकममा २ हजार थप दिने भएको छ। कर्णाली प्रदेशका गाडी नपुगेका हिमाली जिल्लाका सुत्केरीरीलाई आपतकालीन हवाइ सेवाको व्यवस्था गरिने आर्थिक वर्ष २०७६र०७७ को बजेटमा सम्बोधन गरिएको छ।

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     1:23:22 PM
error: Content is protected !!