☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

जाजरकोटकाे रुपगाड पुल पनि बाढीले बगायो 

  |

जाजरकोट : भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ।  पुल बगाएसँगै जाजरकोट-डोल्पा सडक खण्डभित्र पर्ने डोल्पा खण्डको आवत-जावत अवरुद्ध भएको छ। जुफाल विमानस्थलबाट दुनै आवत-जावतका साथै अन्य तल्लो डोल्पाबाट दुनै आउँने बाटो अवरुद्ध भएको छ।

१ महिना अघि मात्र निर्माण गरिएको पुल बाढीले वगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधन थन्किएका छन्।  विहानै आएको बाढीले पुल भत्काउँदा आवत-जावतमा समस्य भएको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए। पुल बगाएपछि दुनै र तल्लो डोल्पाको सम्पर्क टुटेको छ।

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     7:49:29 PM
error: Content is protected !!