☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

आफ्नै अन्टीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा खड्का पक्राउ

  |

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले आफ्नै अन्टीलाई जवरजस्ती करणी गर्न खोज्ने आरोपमा एक जनालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिका–६ वैद्यघर बस्ने जीवनबहादुर खड्का ‘टोप’ लाई आफ्नै अन्टी नाता पर्नेलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूर सजाय


गत जेठमा राती ९ बजे खड्काले जवरजस्ती करणी गर्न खोजेको उजूरी इलाका प्रहरी कार्यालय दुल्नुमा दिएकी थिइन् । महिलाले उजूरी गरेपछि ईप्रका दुल्लुबाट गएको टोलीले खड्कालाई शुक्रबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाएको छ ।

आफू एक्लै घरमा सुतेको बेला खड्काले जवजस्ती करणी गर्न खोज्दा कराएपछि उल्टै धम्की दिएको समेत पीडितले उजूरीमा उल्लेख गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका खड्कामाथि थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।उनकाअनुसार जिल्ला अदालत दैलेखमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ ।

तर एक स्थानीय नेताले गुपचुपमै घटना मिलाउन खोज्दा ढिला मात्रै बाहिर सार्वजनिक भएको बताएका छन् । खड्काले जबरजस्ती करणी उद्योग गरे ठहरिए मुलुकी अपराध संहिता, २०७४ परिच्छेद १८ को उपदफा (३) मा जवरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कानुनी सजाय हुने व्यवस्था छ ।

यस्तै, उपदफा (८) मा कसैले हाडनाताकी महिलालाई जवर्जस्ती करणी गरेकोेमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूर सजायको हाडनातामा करणीमा यस्तो छ कानुनी व्यवस्था

 

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     8:48:21 PM
error: Content is protected !!