☰ open Loading... 16 April 2024|  

पृतनापति ट्रफीकप सुरु
  | ७ असार २०७६, शनिबार २१:३१

सुर्खेत । पृतनापति ट्रफी खेलकुद प्रतियोगिता वीरेन्द्रनगरमा सुरु भएको छ । शुक्रबार वीरेन्द्रनगरस्थित एयरपोर्ट ब्यारेकमा एक समारोहकाबीच उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोज प्रस्ताप राणाले उद्घाटन गरेका छन् ।

यहि असार २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, तेक्वाण्दो, एथलेटिक्स लगायतका खेलहरु हुने आयोजकले बताएको छ । खेलमा उत्तर पश्चिम पृतना अन्तरर्गतका पाँच वटा गणहरुका जम्मा ४ सय २३ खेलाडीहरु सहभागि हुने बताइएको छ ।

एथलेटिक्स र तेक्वाण्डो खेलहरुमा जम्मा २१ महिलाहरुले समेत प्रतिस्पर्धा गर्ने छन् । नेपाल आर्मीको बार्षीक रुपमा आयोजना हुने प्रतियोगिता दाङ्गको तुलसीपुरमा र वीरेन्द्रनगरमा सञ्चालन गरिएको हो ।

जस अन्तर्गत एथलेटिक्स र बक्सिङ्ग तूलसीपुरमा तथा फूटबल, बास्केटबल, भलिबल, पौडी तथा तेक्वाण्डो सुर्खेतमा आयोजना गरिने आयोजकले बताएको छ । पृतनापति उपरथी राणाले खेलकुदको माध्यमद्धारा सैनिक व्यक्तिहरुमा अनुशासन कायम राख्न, सामूहिक भावना भातृत्व, आपसी सहयोगको भावना विकास हुने बताए ।

प्रतियोगिताले नेपाली सेनाको पेशागत क्षमतालाई नै अभिवृद्धि गराउन उल्लेखनिय भूमिका खेल्ने उनको भनाई थियो । केन्द्रिय स्तरमा सञ्चालन हूने ‘प्रथाम सेनापति ट्रफी’ पूर्व तयारी तथा छनौट चरणको रुपमा लिइने प्रतियोगिताबाट नयाँ खेलाडीहरुको पहिचान गरी राष्ट्रिय खेलकुदको क्षेत्रमा नेपाली सेनाले थप टेवा पुु¥याउने उनले विश्वास व्यक्त गरे ।