☰ open Loading... 19 April 2024|  

अम्लिसोसंगै बाख्रा पालन
  | १४ असार २०७६, शनिबार १०:३६

दैलेख, भैरवी गाउँपालिका – ७ बरालखर्कका ३८ वर्षिया तुलाराम अधिकारीको परिवारमा ५ वर्षयता निकै बदलिएको छ । सामान्य खेती किसानी गर्ने अधिकारी परिवार भने अहिले परिर्वतित छ । आम्दानी पनि राम्रो छ । जग्गा जमिन पनि जोडेका छन् ।

दुई, चार वटा बाख्रा, एउटा भैसी पालेर जिविकोपार्जन मात्रै हुने तर, आम्दानी नढ्ने भएपछि तुलारामले विकल्प खोजे । गाउँमा विकल्प खोज्दा समेत निचोडमा पुग्न सकेनन् । घरसंगै जोडिएको खेतीयोग्य बारीमा अम्लिसो लगाउने सोच गराए । कहाँबाट ल्याउने त्यो कठिन थियो । सदरमुकाम पुगेको बेला साथीभाईले सल्लाह दिएपछि तत्किाल भुःसरक्षण कार्यालयमा पुगे र, सहयोग पनि पाए । त्यसपछि तत्काल अम्लिसो लगाए ।

सुरुमा १ हजार विरुवा लगाए । त्यहिबाट सुरु गरे अम्लिसोको खेती । दुई वर्षमै बेर्नाबाटै बेचेर २ लाख कमाए पनि । अनि, अम्लिसो घाँस बाख्राले खुवै मनपराउन थालेपछि ठुलो मात्रामा बाख्रा फर्म खोल्ने सोच तुलारामले बनाए । अनि सुरु गरे बाख्रा पालन । अहिले उनको फर्ममा ७० खसी बाख्रा छन् । बर्षेनी विक्रि पनि गर्दछन् । अम्लिसोबाट बाख्रालाई घाँस, घरमा सफा गर्ने कुच्चो उत्पादन भईरहेको छ । निकै हक्की स्वभावका तुलाराम गाउँकै अगुवा समाजसेवीमा गनिन्छन् ।

वर्षमा खसी विक्रि गरेर ढाई लाख कमाउने गरेको तुलाराम बताउँछन् । ‘मैले गाउँमै ब्यवसायिक रुपमा केही गरौं भन्ने सोचेको थिए ।’ यूवा किसान तुलाराम अधिकारी भन्छन् ः त्यस बेला भुःसरक्षण कार्यालयका प्रमुख शेखर सरले सहयोग गरेरै म आज ब्यवसायिक खेती किसानी गर्ने भएको छु । आम्दानी पनि दिईरहेको छु ।’ उनले अहिले १० रोपनीमा जग्गामा अम्लिसो लगाएका छन् । उनको बारीमा १ लाख २० हजारभन्दा बढी अम्लिसोको बेर्ना रहेका छन् ।

१ लाखसम्म बेर्ना लिन आएमा विक्रि गर्न सकिने उनको भनाई छ । अम्लिसो धेरै भएपनि हातकै भरले कुच्चो बनाउनुपर्ने भएकाले समस्या भएको उनको भनाई छ । गाउँपालिका तथा अन्य निकायले कुच्चो तथा सिन्का बनाउने मेसिन उपलब्ध गराएको भए आम्दानी अँझ बढ्ने उनको भनाई छ । पछिल्लो दुई वर्षयता तुलारामले गरेको अम्लिसो खेतीबाट प्रभावित भएर गाउँमा ५ घरले खेती गरेका छन् । कुच्चोलाई प्रशोधन गरेर मेसिन तथा औजार भएको भए निकै राम्रो आर्कषक कुच्चो हुने किसान तुलाराम बताउँछन् । खेतीयोग्य जमिनमै अम्लिसो खेती गरेको छन् । ‘अम्लिसोबाट कुच्चो पनि हुन्छ ।’ तुलाराम भन्छन् ः घाँस पनि हुन्छ । घाँस बाख्रा भैसीले मन पराउने भएको हुँदा दुवै फाईदा भएको छ ।’ तुलारामले अम्लिसो प्रसोधन गर्ने मेसिन ल्याई तालिम दिएको भए आफनै सिपबाट कुच्चो बनाउने विक्रिका लागि जिल्ला तथा जिल्ला बाहिर पठाउने लक्ष्य रहेको बताउँछन् ।

वर्षको एक पटक सामान्य गोडमेल गरे पुग्छ । त्यसपछि मल पानीले चाहर्नुपर्दछ । हुर्कने बढ्ने समयमा पानी चाहर्नु पर्दछ । किसानहरुलाई पुरानो खेतीभन्दा नयाँ खेती जहाँ जे हुन्छ त्यही लगाउनुपर्नेमा तुलारामको सुझाव छ । तुलाराम भन्छन् ः ‘एउटै पेशा गर त्यो ब्यवसायिक रुपमा गर जसले गर्दा आम्दानी हुने निश्चित हुन्छ ।’