☰ open Loading... 19 April 2024|  

समृद्ध उन्मूख नौमुले
  | १४ असार २०७६, शनिबार १०:४१

नौमुले (दैलेख), द्धन्द्धताका दुवै पक्षको निशानाकै कारण उजाडिएको थियो । मान्छेहरु दिउँसै हिड्न सकस थियो । धेरै जसो त विस्थापित भए । हातमा गन्न मिल्ने सिमिति नौमुले बजार तथा गाउँमा बसे । त्यो पनि निकै पिडादायीका साथ । गाउँमा नयाँ मान्छे आउँदा समेत क्रसित हुन्थ्योँ । द्धन्द्धको सुरुमै ठुलो घटना नौमुलेस्थित ईलाका प्रहरी कार्यालयमा भयो । ३२ जना प्रहरीले ज्यान गुमाए । मान्छे मानिसको बस्ति समेत भेटीनै मुस्किल । शुल्य गाउँहरु ।

तर, शान्ति स्थापनासंगै भने नौमुले फेरिएको छ । विकास गतिविधिदेखी सेवा सुविधासम्म नौमुलेमै पुगेको छ । नौमूले क्षेत्र अहिले व्यापारिक मात्र हैन बिकासका कतिपय गतिबिधिहरुमा उन्मुख हुँदैछ । नौमुलेमा सडक नपुगेको कुनै गाउँ छैन् । सानातिना बजार नभएको ठाउँ छैन् । किनमेलदेखी उत्पादन विक्रि समेत गर्ने थलो बनेको छ अहिले नौमुले ।

हाईड्रो हवका रुपमा नौमुले उदाउँदै छ । बिकट र द्धन्द्धग्रत क्षेत्रको रुपमा चिनिएको दैलेखको नौमूले क्षेत्र तत्किालिन ८ वटा गाविस मिलेर बनेको हो । जाजरकोटको समेत व्यापारिक केन्द्र मानिन्छ । द्धन्द्धपश्चात आएको शान्ति स्थापनाले नौमूले क्षेत्रमा पुनः बिकासको द्धन्द्ध भयो । नौमुले बस्ती बिकास, नौमुले स्वास्थ्य केन्द्र, पक्कि पुलहरु र सडक क्षेत्र, भवनहरु, खानेपानी, रोजगारका कार्यक्रम, कृषि कार्यक्रममा करोडौं लगानी सकरारी तथा गैरकारी क्षेत्रबाट लगानी भएको छ अँझ हुने क्रम जारी छ ।

नौमुले क्षेत्रमा एउटा विद्युत बनिसकेको छ भने, एउटा बन्ने अन्तिम तयारीमा छ । तिन वटा नयाँ विद्युत गृह बनाउने तयारीमा रहेको छ । विद्युतमा अर्वै रुपैँया खर्च गरिएको छ । सुविधासम्पन्न प्रहरी भवन निर्माण ६ वर्ष अघि नै भएको हो । अहिले आईएमी सेवादेखी एनएमवी बैंक समेत नौमुलेमा रहेको छ । पहिले दैलेख सदरमुकाममै आएर गर्नुपर्ने काम अहिले नौमुलेमै हुने गरेसंगै स्थानीयहरुमा खुसी छाएको छ । नौमुले गाउँपालिकाले विकासको पहिलो खुडकिलो सडक सवै वडामा पुगेको छ । विद्युतीकरणका लागि यो वर्ष बजेट छुटयाएर काम भैरहेको छ ।

पहिले मुस्किलले वर्षमा एक पटक डाक्टर आउर्थे । अहिले दुई जना डाक्टर प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा बसेर सेवा दिएका छन् । बेलाबेलामा विशेषज्ञ डाक्टरहरु नौमुले मै पुगेर सेवा दिईरहेका छन् । ‘स्वास्थ्य क्षेत्रमा निकै सहजता भएको छ ।’ नौमुले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रबहादुर शाहीले भने, अहिले दुई जना डाक्टर सापहरु नौमुलेमै बसेर सेवा दिनुभएको छ । बेलाबेलामा विशेषज्ञ डाक्टरहरु गाउँपालिकाको खर्चमा बोलाएर सेवा दिईरहेका छौं ।’ स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुर्याउने उद्देश्यले कामहरु भैईरहेको स्थानीय अगुवा हरि रानाले बताए ।

गरिवी घटाउन, बातावरण जोगाउन, स्थानीयहरुलाई आत्मनिर्भर बनाउन, खानेपानी, स्वास्थ्य, कृषि, वन लगायतका क्षेत्रको बिकासका लागि कामहरु गाउँपालिकाले गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालाले बताए । पूर्वाधार निर्माणमा गुणस्तर खोजेका छौं । प्रमुख प्रशासकिय अधिकृत कोईरालाले भने, अनुगमन म आफै खटिएको छु । बस्ति बिकासका लागि भन्दै नेपाल सरकारले बिशेष बजेट अन्तरगत नौमुले बजारका सडक ढलान (पिसिसि), विद्यालय निर्माण लगायतका कामहरु गरेको थियो । अहिले लोहोरे खोलामाथि तिन बटा पक्कि पुल बनाईसकेको छ ।

जाजरकोट जाने सडकलाई वृद्धि विकास गर्न लागिएको छ । कामको प्रभावकारीता हुन नसकेको जनगुनासो गरेपछि नौमुलेमा अनुगमनलाई कडाई गरिएको गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहले बताईन् । २३ किलोमिटर सडक दैलेखबजार नौमुलेलाई नौमुले गाउँपालिकाले नारायण नगरपालिका सिमा तामेखोलादेखी फराकिलो गराएको छ । तर, नारायण नगरपालिका क्षेत्रमा फराकिलो हुन सकेको छैन् । वर्षातमा समेत सडक सञ्चालन ल्याउने गरि काम भैरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अलैंचीको बेर्नालाई अभियानकै रुपमा किसानमाँझ पुराएको छ । अहिले १ लाख बेर्ना लगाउने तयारी गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ आफुहरु लागेको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए ।

जटिबुटीमा उत्तिकै धनी नौमुले गाउँपालिका अहिले जटिबुटी संकलन केन्द्रदेखी बजारिकरणका लागि लागेको छ । ‘हाईड्रोबाट गाउँपालिकाले लाभ लिन सकेको छैन् ।’ गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने, अव हामी जटिबुटी, कृषि खानीबाटै आम्दानी गर्न सक्ने सक्षम गाउँपालिका बनाउने छौं ।’ द्धन्द्धले थलिएको नौमुले समृद्धिको यात्रातिर उन्मूख भईसकेको अध्यक्ष बुढामगरले बताए । विकासको ढोका खुलिसकेको हुँदा कसैले चाहेर पनि बन्द गर्न नसक्ने उनको तर्क छ ।