☰ open Loading... 19 April 2024|  

मुख्यमन्त्रीलाई फोन गरेर ‘फाइबर टू होम सेवा’को शुभारम्भ
  | १६ असार २०७६, सोमबार १२:२२

सुर्खेत । नेपाल टेलिकमको फाइबर टू होम सेवाको शुभारम्भ गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा टेलिकमले द्रुतगतिको इन्टरसेवा फाइबर टू होम सेवाको शुभारम्भ गरेको हो ।

यो पनि पढ्नुहोस् ः वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा सुरु

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गर्नुभयो । फोनमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशले अघि सारेको डिजिटल प्रदेशको योजनामा यो सेवाले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहा“ले टेलिकमको सेवालाई अझै प्रभावकारी बनाएर सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभएको भनाई उद्धृत गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले प्रविधिको पहु“चमा नागरिकलाई जोड्न सरकारले कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहा“ले टेलिकमको फाइबर टू होम सेवाका इन्टरनेटले पनि यो अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टेलिकमले प्रदेश राजधानीको वीरेन्द्रनगरमा पहिलो पटक तारसहितको फाइबर टू होम सेवा विस्तार गरेको हो ।

८ एमविपिएससहित इन्टरसेवा र टेलिफोनको वार्षिक आठहजार शुल्क रहेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रवन्धक प्रकाशमान प्रधानले जानकारी दिनुभयो ।

उहा“काअनुसार फाइबर टू होम सेवा व्यक्तिगत, व्यवसायी र कार्यालयका लागि छुट्टाछुट्टै गतिका विभिन्न एमविपिएसमा उपलव्ध गराउन सकिने बताउनुभयो । टेलिकमले निकट भविष्यमै दैलेख सदरमुकाममा समेत फाइट टू होम सेवा विस्तार गर्न लागेको प्रधानको भनाई छ । टेलिकमले ताररहितको फ्रोजी सेवा पनि केही महिनामै सुर्खेतमा सञ्चालन गर्न लागेको छ ।