☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

नेपोलियनलाई मद्दत गर्ने देवता

  |

युद्धको समय थियोफ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउँदै भने महाराजसेनापति तपाईंसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने सोधके कुरा हो ।
दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरे । सेनापति अब के गर्ने भन्ने थाहा पाउन चाहन्छन् ।
नेपोलियन यो ठूलो खबर सुनेर अलिकति पनि विचलित भएनन् । उनले सेनापतिलाई नबोलाई अंरक्षकलाई भने कुनाको बक्सामा ३४ नम्बरको एउटा नक्सा राखिएको छ । त्यो सेनापतिलाई देऊ र भन्नूउनी बिहान आएर मलाई युद्धको समाचार दिऊन् ।
त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने जवाफी कारबाही कसरी गर्ने भन्ने देखाइएको थियो । त्यहीअनुसारको युद्ध भयो र नेपोलियनको सेना विजयी भयो ।
भोलिपल्ट सेनापतिले जितको सूचना दिँदै सोधे यति छिट्टै कसरी योजना बनाउनुभयो के कुनै देवताले तपाईंको मद्दत गर्छन् ?’ नेपोलियनले जवाफ दिए होविचार र दूरदर्शिता नामक दुई देवता सधैं मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।

प्रकाशित मितिः मङ्लबार, असार १७, २०७६     10:23:33 PM
error: Content is protected !!