☰ open Loading... 16 April 2024|  

फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स
  | १८ असार २०७६, बुधबार ०८:५२

फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म हो । विश्वका करोडौँ मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् । तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ । अनि प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् ।

यस परिप्रेक्ष्यमा फेसबुकले प्रयोगकर्ताको फेसबुक खाताको सुरक्षाका लागि केही विशेष टूल्स उपलब्ध गराउन समेत सुरु गरेको छ । यस्ता टूल्सको प्रयोग गरी प्रयोगकर्ताले फेसबुक अकाउन्टबाट डाटा लिक हुने तथा ह्याकिङ्ग हुने जोखिमबाट बच्न सक्दछन् । फेसबुकका सेफ्टी टूल्स के के छन् र त्यसको प्रयोग कसरी गर्न सकिन्छ ? केही टिप्स यस्ता छन्ः

· न्यूज फिडलाई पर्सनलाइज्ड गर्नुहोस्ः यसको सहायताले तपाइँले आखिर किन तपाइँको फेसबुकमा कुनै खास प्रकारका पोष्टहरु मात्र धेरै देखिन्छन् भन्ने कुरा थाहा पाउनुहुन्छ । फेसबुकले यस्ता पोष्ट कम गर्नका लागि केही शर्टकट्स दिएको हुन्छ । त्यसको प्रयोग गरी प्रयोग गरी प्रयोगकर्ताले आफ्नो न्यूजफिडलाई आफ्नो मनपर्ने पोस्टका लागि पर्सनलाइज्ड गर्न सक्दछन् ।

· फेसबुक डाटा म्यानेज गर्नुहोस् : यो नयाँ प्राइभेसी शर्टकटमा प्रयोगकर्तालाई एउटा मेन्यू प्राप्त हुन्छ । त्यहाँ ट्याप गरी प्रयोगकर्ताले आफ्नो डाटा नियन्त्रण गर्न सक्छन् । साथै नयाँ शर्टकटले प्रयोगकर्ताको डाटालाई कसरी कन्ट्रोल गर्दछ भन्ने कुरा पनि फेसबुकले जानकारी दिन्छ । फेसबुकमा प्रयोगकर्ताले अग्रीम रुपमा कन्ट्रोल अप्सन प्राप्त गर्न थालेका छन् । जहाँ प्रयोगकर्ताले फेसबुकले कसरी र कहाँ आफ्नो डाटाको प्रयोग गर्न पाउँदछ भन्ने कुरा तय गर्न सक्दछन् । प्रयोगकर्ताले आफ्नो लोकेसन डाटालाई म्यानेज गर्नुका साथै फेसबुकमा अपलोड हुने सामाग्रीहरु, फेस रिकग्नीसन सेटिंग, तथा एड प्रेफरेन्स जस्ता विषय पनि म्यानेज गर्न सक्दछन् ।

· लगइनका लागि टू फ्याक्टर अथेन्टिकेसन : फेसबुकले प्रयोगकर्ताका लागि एक विशेष खालको सेक्योरिटी फिचर ल्याएको छ, जसबाट तपाइँले पासवर्डका अलावा पनि फेसबुकको अकाउन्टलाई अझै सुरक्षित बनाउन सक्नुहुनछ । यो फिचर भनेको टू फ्याक्टर अथेन्टिकेसन हो । उक्त फिचर एक्टिभेट गरेसँगै तपाइँले आफ्नो फेसबुक अकाउन्टमा लगइन गर्दा आफ्नो मोबाइल वा इमेलमा आउने लगइन कोडको प्रयोग गर्नै पर्दछ । यसो गर्दा अरु मानिसले तपाइँको फेसबुकको पासवर्ड थाहा पाएपनि लगइन गर्न सक्दैन ।

· एप्सका डाटा सिमिति गर्ने : यस फिचरबाट फेसबुकले अन्य एप्सद्वारा रिक्वेस्ट गरिने डाटालाई कम गर्ने कोसिस गरेको छ । यो एप्स अहिले केवल प्रयोगकर्ताको प्रोफाइल फोटो, नाम तथा इमेल एड्रेसलाई मात्र एक्सेस गर्न सक्दछ । यसका अलावा अरु जानकारीका लागि पहिले सम्बन्धित फेसबुक प्रयोगकर्ताको अनुमति लिनु पर्दछ ।

· रिपोर्ट एब्युज : यो फिचरका माध्यमले प्रयोगकर्ताले गत फोटो, भिडियो तथा पोस्टका विषयमा फेसबुकमा रिपोर्ट गर्न सक्दछन् । जब फेसबुकमा कुनै पोष्टको बारेमा उजुरी आउँदछ, तब फेसबुकले त्यसलाई समीक्षा गर्दछ । यदि समीक्षाबाट उक्त पोष्ट कम्पनीको नीति तथा समाजको मापदण्ड भन्दा बाहिर छ भन्ने लागेमा त्यसलाई फेसबुकले हटाइदिन्छ । खुसीको कुरा के भने फेसबुकले यसरी उजुरी गर्नेको पहिचान गोप्य राख्दछ ।

· प्राइभेट कन्भर्सेसन : फेसबुकले हालै आफ्नो मोबाइल तथा डेस्कटप एपमा ग्रुप बेस्ड कम्युनिकेसनलाई प्रवद्र्धन गर्नका लागि केही परिवर्तन ल्याएको छ । एपको केन्द्रमा माथिल्लो भागमा एउटा ग्रुप ट्याबको अप्सन छ । त्यसको सहयोगले ग्रुपको सामाग्री तपाइँको न्यूज फिडमा पहिले भन्दा धेरै देखिनेछ । साथै फेसबुक प्रयोगकर्तालाई नयाँ ग्रुप खोज्न तथा त्यसमा सहभागी गराउने विषयमा पनि सुझाव दिन्छ ।
एजेन्सीको सहयोगमा