☰ open Loading... 19 April 2024|  

करिव ९० प्रतिशत योजनाको सम्झौता
  | १९ असार २०७६, बिहीबार १५:१७

असार महिना सुरुवातसगै नारायण नगरपालिका दैलेखमा २ सय ६० योजनाहरु रहेका छन् । ती योजनाहरुका बारेमा योजना अनुगमन संयोजक तथा नगर उपप्रमुख सावित्री मल्लसंग गरेको कुराकानी ।

योजनाहरुको सम्झौता सकियो ?
सम्झौता करिव ९० प्रतिशत योजनाको भईसकेको छ । अव १० प्रतिशत योजनाहरुको सम्झौता हुन बाँकी छ । १० प्रतिशत योजना पनि विवादित खालका, छलफलमा ल्याउनुपर्ने योजना रहेका छन् । करिव ५ प्रतिशत योजनाको रकम फ्रिज हुने सम्भावना पनि रहन्छ । अहिले नारायण नगरपालिकाभित्र नगरपालिकाले २ सय ६० योजना निति कार्यक्रमबाट पास गरेको छ । ती योजनामध्ये २ सय ४० योजना सम्झौता भईसकेको छ । धेरै योजनाको रकम पनि फरफारक भईसकेको छ । बाँकीरहेका योजनाहरु अन्तिम भुक्तानीका लागि काम सक्ने तयारीमा रहेका छन् ।

कुन चरणमा पुगेको छ काम ?
हामीले सम्झौता गरेको २ सय ४० योजनामध्ये १ सय योजनाहरुको काम सकिएर भुक्तानी दिईसका छन् । अरु योजना भुक्तानीका्े अन्तिम तयारी रहेका छन् । असार १५ गतेसम्म सम्झौता भएका योजनाहरुको काम सकिने छ । सडक, खानेपानी, सिचाई लगायतका पूर्वाधारमा ५० हजारदेखी ८५ लाखसम्मका योजनाको अव, भुक्तानीको तयारीमा छन् ।

योजनाको भुक्तानी कसरी हुन्छ ?
२ सय ४० योजना रहेका छन् । प्राविधिकले स्टेमेन्ट अनुसारको काम हेर्छन् । कार्यालय समय अघिपछि योजना अनुगमन गर्छौ । अन्तिम भुक्तानी दिनुपुर्व प्राविधिक सहित योजना स्थलमा अनुगन गर्छौ । अनि मात्र प्राविधिकले भुक्तानी दिन ठिक भनेपछि मात्र भुक्तानीका लागि सिफारिस गर्छौ । वडा र नगरबाट भिन्दाभिदै योजना छन् । भवन, सडक, खानेपानी योजना रहेका छन् । वडाअध्यक्ष सहित टोलीले पनि अनुगमन गर्छ । हामीले पनि अनुगमन गछौं । अनुगमन कडाईका साथ गरेकाले गर्त वर्ष ४ करोड रकम योेजनाबाट फिर्ता गरेको थियौं । यो वर्ष पनि जति काम उति रकम भुक्तानी भन्ने नाराका साथ लागपरेको छु । उपभोक्ता समितिल काम गर्नुअघि भुक्तानीको लागि निर्णय गरेर आएपछि लग्नुभाको छ । त्यो रकम प्रकृया पुरा गरेर आए दिन मिल्ने ब्यवस्था छ । अरु रकम रनिग विलको आधार पहिलो पटक त्यसपछि काम सकेपछि अनुगमन गरिर मात्र दिने गरेका छौं ।

सवै योजनाको अनुगमन भयो ?
प्राविधिकलाई लगेर स्टेमेन्ट अनुसार स्थलगत अनुगमन गर्ने गरेका छौं । हामीसंगै प्राविधिकले नाप्ने गर्छन् । जाली खोलेर पनि हेरेका छौं । भुक्तानी दिनु पूर्व एक पटक हेर्ने गरेको छौं । १ सय योजनाको अनुगमन सकेर भुक्तानी दियौं । अव अरु योजनाको पनि अनुगमन गरिसकेका छौं । एक पटक भुक्तानी दिनुपूर्व अनुगमन गछौं । दैलेखमै सवैभन्दा कडाईका साथ अनुगमन नारायणमै गरेको म दावी गर्छु । कतिपय योजनाहरु दिनहुँ पनि हेरिन्छ नजिकका टाढाका हप्तामा पुग्ने गरिएको छ । यसपालि मै अनुगमनमा सिमेन्ट कम गुणस्तर हाल्ने गरेका योजनाहरुमा भत्काउन पनि लगाएर फेरी गुणस्तर तोकिएको सिमेन्ट हाल्न लगाएको अनुभव छ । उपभोक्ताहरु पहिलाको भन्दा अहिलेका निकै फरक छन् । अहिले बुझेका छन् । धेरै राम्रो छन् । प्राय ठाउँमा राम्रो छ ।

उपभोक्ता समिति र ठेक्काको काममा भिन्नता के छ ?
उपभोक्ता समितिमा डराएर राम्रो काम गरेको पाएको छु । उपभोक्ताले आफ्नो काम हो भनेर ईमान्दारी पूर्वक गर्छन् । फेरी नगरको बजेट ल्याएर गाउँ टोल विकास गर्न चाहन्छन् । ठेक्कामा घटेर लग्ने काम गर्दा गुणस्तर काम नगर्ने गरेका पाएको छु । राम्रोसंग काम गरेको पाएन् । उपभोक्ता टिकाउ काम रोजगारी पाएको महशुस गर्छन् । ठेकेदार घटेकाले फरफारक कसरी गर्ने भनेर सोच्ने भनेर हल्का तरिकाले काम गरेको पाए । मलाई योजना हेर्दा त्यो महशुल भयो ।

उपभोक्ता समितिबाट ठेक्का दिने प्रचलन छ नी ? नारायणमा कति छ ?
नारायण पनि अछुतो छ छैन् । धेरैजसो सडक बाहेकका योजनामा उपभोक्ता ले नै गरेका छन् । सडकमा उपभोक्ताले डोजरलाई ठेक्का दिने गर्छन् । बचेको पैसा समितिमै बाड्ने गरेका छन् । उपभोक्तालाई नदिएर सवै ठेक्का मार्फत गरेको भए, घटेर बचेको पैसा फेरी योजना बनाई खर्च गर्न सकिन्थ्यो । विकास पनि राम्रो हुन्थ्यो । कार्यविधि बनाएर उपभोक्ताबाट ठेक्का दिन रोक्नुपर्ने महशुस गरेको छु र नगरपालिकामा सवैलाई भन्छु पनि ।

यो वर्ष उत्कृष्ट हेर्न लायक योजना के हो ?
नानपा –१० तौलिया जाने सडक र नानपा– ४ रातापानी जाने सडक नमुनाको रुपमा बनेका छन् । त्यस्तै दैलेख बजार र आसपास कालोपत्रे र पिसिसि पनि हेर्न लायक हुन् । धुलो धुवा जहिले पनि त्यो रोकिएको छ । गणेश चौक मन्दिरको वाल, विद्युतिकरणको काम पनि अघि बढेको छ । जसका लागि १ करोड रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम ३५ लाख रहेको छ । प्रत्येक वडामा १८ देखी १९ जना रोजगारी हुनेछन् । हाम्रो अर्को उपलब्धी भनेको कोटिलामा मानवनिर्मित तालका लागि डिपिआर अन्तिम तयारीमा लागेका छौं ।

अन्त्यमा केही भन्नुछ ?
नगरबासीलाई कुनै पनि कामहरु चित्त नबुझे वा सल्लाह सुझाव छ भने मलाई भेटेर फोन गरेर भन्नु सक्नुहुनेछ । म सुधारका लागि लाग्नेछु । सवै नगरबासीले आफ्नो नजिकको विकास निर्माण कसरी भईरहेको चासो दिनुस् । चित्त नबुझे नगरपालिकामा मलाई भन्नुस् । दिगो विकासमा सगैं हातेमालो गरौं ।