☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

अभिमुखीकरण कार्यक्रम सम्पन्न

  |

दैलेख, लघु घरेलु तथा साना उद्योग उवम् व्यापारिक फर्महरुको अवस्था, अध्ययन र विश्लेषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति दैलेख, नारायण नगरपालिका वडा वडा नं. १ को कार्यालयको आयोजनामा वडाका व्यापारीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्दै घरेलु विकास अधिकृत प्रशुराम आचार्यले वडामा रहेको व्यवसायीहरुको लगत संकलन गर्ने र उनीहरुको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको बताए । यस्तै नारायण नगरपालिका वढा नं. १ का वडा ऋध्यक्ष नारायण श्रेष्ठले चुनौती सम्भावना र उनीहरुको समस्याका बारेमा अध्ययन गरी कार्य गरिने बताए ।

प्रकाशित मितिः बिहिबार, असार १९, २०७६     7:28:54 PM
error: Content is protected !!