☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

डरलाग्दो गंगटोले १८ जनाको ज्यान लियो

  |

काठमाडौं ।  भारतको महाराष्ट्रमा गंगटोले पानीको बाँध भत्काउँदा १८ जनाको मृत्यु भएको छ ।  बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो ।

स्थानीयहरुले यसबारे जानकारी गराएपछि त्यसलाई रोक्ने प्रयास पनि भएको थियो ।

नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले हालसम्म १८ जनाको शव फेला परेको छ । गत जुन ३ मा बाँध भत्किँदा त्यसभन्दा तल बाढी आएको थियो जसले गर्दा बाँध नजिकै रहेका १२ घर बगाएको थियो ।

एजेन्सी

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     1:49:36 PM
error: Content is protected !!