☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

चिनी र फिटकिरीबाट मह बनाउने पक्राउ

  |

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चिनी र फिटकिरीबाट मह बनाउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बस्ने लक्ष्मी बि.क. र सुरेन्द्र सुनारलाई अबैध मह बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।


सुनारद्वयले अबैध रुपमा खाद्य पदार्थमा फिट्करी लगायतको अखाद्य बस्तु मिसावट गरी मह तयार गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले घर खान तलासी लिँदा १४५ लि.मह जस्तो पदार्थ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई खाद्य प्रबिधी तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा कारवाहीको लागि पठाइएको छ ।

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     11:58:52 AM
error: Content is protected !!