☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

विप्लवका कार्यकर्ता खोज्न गएको प्रहरीले विष्फोटक पदार्थ भेटायो

  |

सुर्खेत । विप्लवका कार्यकर्तालाई निगरानी राख्न गस्तीमा गएको प्रहरी टोलीले विष्फोटक पदार्थ बरामद गरेको छ । चिंगाड गाउँपालिका-४ बडाकाडाँमा प्रहरीले ढुंगामुनी लुकाएका विष्फोटक पदार्थ बरामद गरेको हो ।

ग्रामिण इलाकामा विप्लवका कार्यकर्ता खोज्न गएको प्रहरी चौकी मटेला प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको टोलीले विष्फोटक पदार्थ बरामद गरेको हो । प्रहरीले बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक २ केजी, सेफ्टीफ्यूज ८ थान, डेटकड १ मिटर र केप ६० थान बरामद गरेको छ ।

बरामद गरिएको सामग्री सशस्त्र द्वन्द्वकाल विष्फोटक पदार्थ हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिनुभयो । उनले विष्फोटक पदार्थ फेला परेपछि इलाका प्रहरी कार्यालय अवलचिंग र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप पुगेको बताउनुभयो । प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     12:20:41 PM
error: Content is protected !!