☰ open Loading... 18 April 2024|  

धुप बाल्दा देउता खुसी हुन्छन् ?
  | २३ असार २०७६, सोमबार १८:०७

धुप किन बालिन्छ ? सायद तपाईंले यसको अर्थ खोज्नुभएको छैन । धुप बाल्नुपर्छ भन्ने मात्र लाग्छ । त्यसैले बिहान-साँझ पूजापाठ गर्दा धुप बाल्नुहुन्छ । मठ-मन्दिरमा धुप बाल्नुपर्छ ।

 

तपाईंले धुप किन बाल्नुभएको छ ? एकपटक आफैलाई प्रश्न गर्नुहोस् त । भगवानलाई प्रफुल्ल बनाउन ? वा पूजाआजाको विधी पुरा गर्न ?

घरको पूजाकोठामा हेरौं, मठ-मन्दिरमा पुगौं, मुठाका मुठा धुप बालेको देखिन्छ । के धुप बालेर भगवान प्रशन्न होलान् ? वा यसको अरु कुनै फाइदा होला ?

खासमा धुप बाल्नु फाइदाजनक छ । यद्यपी अहिले हामीले जुन धुप प्रयोग गर्छौं, अर्थात तयारी धुप त्यो चाहि फाइदाजनक छैन । फाइदाजनक मात्र नभएको होइन, हानिकारक नै छ । भनिन्छ, चुरोटको सर्को तान्नुभन्दा तयारी अवस्थाका सुगन्धित धुप बाल्नु बढी घातक छ । यसले खासगरी फोक्सो अर्थात श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ ।

कस्तो धुप बाल्ने त ?

खासमा धुप बाल्नुको अर्थ र महत्व छ । यद्यपी त्यस्तो धुप बनस्पतिको पात तथा बोक्राबाट तयार भएको हुनुपर्छ । उच्च लेकाली भेगमा कोणधारी बनस्पति धुपीलगायत कतिपय वनस्पति हुन्छन्, जसको प्राकृतिक सुगन्ध हुन्छ । औषधिय गुण पनि । यस्ता वनस्पतिका पातलाई आगोमा बाल्ने गरिन्छ ।

यसबाट आउने धुँवाले पर्यावरण र स्वास्थ्य दुबैमा फाइदा गर्छ भनिन्छ ।

वायुमण्डलमा भएको दुषित किटाणु मार्न यस किसिमको धुपको प्रयोग गरेको पाइन्छ । वायुलाई शुद्धिकरण गर्ने विधी हो यो । घरमा विहान धुप बाल्दा त्यसको धुवाले हानिकारक जीवाणु नष्ट गर्छ र वायु शुद्ध गर्छ भन्ने विश्वास छ ।

धुपको प्रभाव शरीर खासगरी स्नायु प्रणालीमा पनि हुन्छ । प्राकृतिक वनस्पतिको धुपले हाम्रो स्नायु प्रणालीमा प्रभाव पार्छ । अरोमा थेरापी यसकै एक स्वरुप हो । सुगन्धको माध्यामबाट गरिने यो उपचार पद्धती सदियौं पुरानो हो । अहिले पनि यसको लोकपि्रयता उस्तै छ ।

प्राचिन समयमा रुख र पातबाट निस्कने तेलको प्रयोग गरेर त्यसको सुगन्ध लिने, मालिस गर्ने, वाफ लिने गरिन्थ्यो । यसैलाई आज एरोमा थेरापी भन्ने गरिउको छ । यसले शारीरिक, मानसिक रुपमा फाइदा गर्छ ।

वनस्पतिको प्राकृतिक धुप

सिन्के धुप अर्थात जो तयारी अवस्थामा बजारमा उपलब्ध हुन्छ त्यस किसिमको धुप उपयोगी हुँदैन । त्यस्ता धुप बालेर आफ्नो मनोकामना पुरा हुँदैन । भगवान खुसी पनि हुँदैन । बरु यसले तपाईंको स्वास्थ्यमा हानी गर्छ । त्यो भन्दा पनि धेरै त पर्यावरणमा असर गर्छ ।

त्यसैले धुप बाल्ने भए वनस्पतिको धुप बाल्नु उपयोगी हुन्छ, जो प्राकृतिक रुपमा तयार गरिएको होस् ।

कति हानिकारक तयारी धुप ?

केही समयअघि गरिएको एक अध्ययनले तयारी धुपको धू्रँवालाई चुरोटको धुवासँग तुलना गरेका छन् ।

यसको धुवा चुरोटको धुवा बढी बिषालु हुने शोधमा पाइयो । यस किसिमको धुवामा लामो समय बस्दा वा नियमित रुपमा धूपको धुवा सेवन गर्दा हाम्रो शरीरको डिएनएमा त्यस्तो केहि परिवर्तन गर्छ, जो क्यान्सरको कारण बन्न सक्छ ।

के असर गर्छ अगरबत्तीको धूँवाले ?

१. दमको खतरा बढ्छ । अगरबत्तीको धूँवाले फोक्सोमा चुरोटले जतिनै असर गर्छ ।

२. यदि धूप बालेको स्थानमा धेरै लामो समयसम्म वा नियमित बस्ने हो भने, त्यसले छालाको संक्रमण हुनसक्छ ।

३. अगरबत्तीको धूँवाले मस्तिष्कसँग जोडिएको नसालाई प्रभावित गर्छ । यसले टाउको दुख्ने समस्या पनि निम्तन सक्छ ।

४. कति अगरबत्तीको ब्रान्डमा आइरन, म्याग्नेसियम र सिसाको मात्रा अत्याधिक हुन्छ । हाम्रो मृगौलाको काम को हि, शरीरको विषाक्त पदार्थलाई पिसाबको माध्याबाट बाहिर निकाल्ने । धूँवाको माध्यामबाट पस्ने विषाक्त तत्वले मृगौलालाई थप बोझिलो बनाउँछ ।