☰ open Loading... 19 April 2024|  

घुसलिँदै गर्दा सुर्खेतका डिएफओ पक्राउ
  | २७ असार २०७६, शुक्रबार १३:२१

सुशील खड्का
सुर्खेत, २७ असार ।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले कार्यालयको कार्यकक्षबाट डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई पक्राउ गरेको हो ।

शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको पुष्टी आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापाकोटाले पुष्टी गर्नुभयो । उहाँकाअनुसार लामाले सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ हुन् । यसबारे मुचुल्का उठाउने कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।