☰ open Loading... 20 April 2024|  

वर्ल्डलिंकाे टिभीमै युट्युव हेर्ने अफर शुरू
  | ७ श्रावण २०७६, मंगलवार १९:४५

सुर्खेत । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले अब हरेक टिभीमा यूट्युब नामक नयाँ प्रोडक्ट अफर ल्याएको छ ।

मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि ग्राहकको चाहनालाई ध्यानमा राख्दै नयाँ प्रोडक्ट अफर कम्पनिले ल्याएको हो ।

वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले सुविधा स्र्माट टि.भी मा मात्र नभई नन स्मार्ट , सि आर टि टिभी मा पनि युट्युव उपलब्ध गराएको जनाएको छ ।

कम्पनिले संचालनमा ल्याएको नेट टिभीले आफ्ना ग्राहक वर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरु संचालन गदै आईरहेको र ग्राहकहरुको सुविधाका लागि नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्ने गरि संचालनमा ल्याईएको कम्पनिले जनाएको छ ।

कम्पनिले यटू्यबु स्व्रिmनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्ने प्रविधि संगै नेटटिभी वाट मोबाइलफोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएको वताएको छ ।

कम्पनिले ल्याएको अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि भएको कम्पनिको जनाएको छ ।

कम्पनिले पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखामा साटेर प्रिमियम सेवाको सुविधा समेत पाउन सक्ने वल्र्डलिंक सुर्खेत शाखाका प्रमुख नवराज पंगालीले वताए ।