☰ open Loading... 6 December 2019|   शुक्रबार, मंसिर २०, २०७६

पक्राउ पुर्जीसँगै छविराज र शिल्पा भूमिगत

  |

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो । सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् ।

यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ । यतिबेला निर्माता छविराज काठमाडौंमै छन् । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् । बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकन स्थलबाट अभिनेत्री शिल्पा पनि भूमिगत भएको युनिटका एक व्यक्तिले राजधानीलाई जानकारी गराए ।

निर्माता छविराजको जेठी श्रीमती हेमा पोखरेलले छविराज र शिल्पाविरुद्ध गत आइतबार महानगरीय प्रहरी वृत्त गौशलामा उजुरी दिएपछि गौशालाले यो मुद्दा महानगरी प्रहरी वृत्त (महिला सेल) कालिमाटीलाई सुम्पिएको हो । अहिले निर्माता र अभिनेत्री शिल्पालाई महिला सेलका तर्फबाट खोजी भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहको प्रकरणमा छविराज र शिल्पालाई पक्राउको पुर्जी जारी गरेलगत्तै निर्माता छविराज र शिल्पाको विवाहका जन्ती, लमी, पुजारी र आफन्तलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन पुर्जी जारी गरेको छ । अधिवक्ता महेश नेपालका अनुसार जेठी पत्नी हेमा हुँदाहुँदै छविराज र शिल्पाको विवाह गराइदिनेलाई पनि कानुनले दोषी ठानेको छ । विवाहपछि यी दुईलाई विवाह दर्ता गराउँदा साक्षी बस्ने आफन्तहरू पनि बहुविवाहको प्रकरणमा प्रहरीमा हाजिर हुनुपर्ने पनि अधिवक्ता नेपालले बताए ।

उता अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाले काठमाडौं महानगरपालिका–८ गौरीघाटको वडा कार्यालयमा गत ११ पुषमा आफूहरूको विवाह दर्ता गराएका थिए । छविराजले धरानबाट आफ्नो बसाइसराइ काठमाडौं नल्याई काठमाडौंबाटै विवाह दर्ता गराएकाले यो प्रकरणमा स्थानीय निकायका कर्मचारी माथि पनि छानबिन हुने भएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६     4:22:14 PM
error: Content is protected !!