☰ open Loading... 17 August 2019|   शनिबार, साउन ३२, २०७६

किसानलाई सोलार डायरी

  |

डोल्पा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले किसानहरूलाई  सोलार डायरी वितरण गरेको छ । नगरपालिकाले वडा नं. १ र ३ का किसानलाई सोलार डायरी वितरण गरेको हो । आठवटा कृषक समूहलाई दुई लाख ३५ हजार पाँच सयका दरले सोलार डायरी किनेर वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए । किसान आफैँले ढुवानी रकम व्यहोर्ने गरी नगरपालिकाले १९ लाख अनुदान सहयोगमा सोलार डायरी खरिद गरेर वितरण गरेको उनले बताए ।

महँगो मूल्यको सोलार डायरी अनुदानमा पाएपछि नगरक्षेत्रका किसानहरू खुसी भएका छन् । यसको प्रयोग गरेर डोल्पामा उत्पादन हुने स्याउ, आरु, अंगुर, गोलभेँडालगायतका फलफूलको चाना बनाएर सुकाउन सकिनेछ । यसले किसानको आम्दानी बढ्ने किसान  भक्तसिंह कठायतले बताए ।यो कार्यक्रमबाट आठवटा कृषि समूहका ८० घरधुरी लाभान्वित भएको नगरपालिकाले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ ।

नयाँपत्रिकाबाट

प्रकाशित मितिः बुधबार, साउन १५, २०७६     12:21:46 PM
error: Content is protected !!