☰ open Loading... 18 August 2019|   आइतवार, भदौ १, २०७६

जोखीमपूर्ण स्थान निगरानीमा

  |

दैलेख, जोखीमपूर्ण स्थानहरुको जिल्ला विपत ब्यवस्थापन समितिले निगरानीमा राखेर उच्च सर्तकता अपनाएको छ । समितिले तयारीमा अवस्थामा जनशक्ति, उद्धार सामाग्रीदेखी राहतका सामाग्री तयारी अवस्थामा राखेको जनाएको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत ब्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रसाद बाँस्कोटाले वर्षातका बेला हुनसक्ने भब्यतब्यलाई नजरअन्दाज गरि आफुहरुले सवै निकायहरुलाई सर्तक अवस्थामा राखेको बताए । बाढी आउनसक्ने कर्णाली राजमार्गका दहिखोला, रतिखोला, लुवा खोला, सिस्नेखोला लगायत स्थानहरु रहेका छन् भने पहिरो आउने सम्भावित स्थानहरु कर्णाली राजमार्गमा रहेको रामघाट बजार तथा सदरमुकाममा रहेको नमुना बस्ती उच्च जोखीममा रहेको छ । त्यस्तै जिल्ला विपत ब्यवस्थापन समितिको निर्णयले पहिराको सम्भावित जोखीममा रुम, कटी, जगनाथ, लालीकाडाँ, डाँडाँपराजुल, सिहासैन, रार्कमकर्णाली र तिलेपाटा, सल्लेरी, नौमुले, मालिका, विध्याबासिनी लगायत रहेको छ ।

जोखीममा दैलेखका ५ सय घरधुरी रहेको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए । जिल्लामा तयारीमा उद्धार सामाग्री राखीएको छ । उद्धारका सामाग्रीका साथै राहतका लागि तयारी अवस्थामा ५ सय क्यूटल चामल स्टक राखीएको जनाईएको छ । त्यस्तै नेपाल सेना १ सय ९० जना, नेपाल प्रहरी २ सय ७० जना, सशस्त्र प्रहरी वलको १ सय जना र रेडक्रससंग आवद्ध तालिम प्राप्त ५१ जनागरि ६ सय ११ जना उद्धारका लागि तयारी अवस्थामा राखीएको जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । त्यस्तै करिव १ दर्जन एम्वुलेन्स, १ वटा सववहान, दर्जन बढी डोजरहरु, उद्धारका लागि सरकारी सवारीसाधन ४० तयारीमा अवस्थामा राखीएको बाँस्कोटाले जानकारी दिए । विपद् ब्यवस्थापन कोषमा स्थानिय तहले ८० लाख रकम राखेका छन् । एक स्थानिय तहले ५ लाखदेखी १० लाख खातामा जम्मा गरेर राखेका हुन् ।

त्यस्तै कालिकोटस्थित जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कर्णाली राजमार्गमा सडक अवरुद्ध नहोस् भनेर तयारी अवस्थामा रहेको बताए । पहिरोको जोखीम रहेको पिलिभन्ने स्थान रहेको उनले बताए । सुनार खोला, गोगने खोला, दहिखोला बाढीको उच्च जोखीममा रहेको छ । त्यस्तै नाम्ममा एउटा डोजर तयारी अवस्थामा राखीएका र अर्को गोगने खोला र दहिखोलाको विचमा राखीएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

‘जितेगडाबजार बाढी र पहिरोको उच्च जोखीममा रहेको छ ।’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने, बजार सार्नका लागि पटक पटक आग्रह गर्दा समेत अटेर गरि बसिरहेका छन् ।’ विकास निर्माणका नाममा गाउँबस्ती डोजरले हल्लाएकाले कहाँ कति बेला समस्या निम्त्याउनेमा प्रमुख जिल्ला अधिकारी कार्कीले चिन्ता ब्यक्त गरे । विपद्का बेला तयारी अवस्थामा सवै सुरक्षा अंग र उद्धार सामाग्री राखीएको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     11:48:03 AM
error: Content is protected !!