☰ open Loading... 23 October 2019|   बुधबार, कार्तिक ६, २०७६

अनाथालय भवन योजना अलपत्र

  |

कालिकोट: जिल्लाको खाँडाचक्र नगरपालिका–१ को मान्ममा असाहय, सशक्त, टुहुरा बालबालिकाका लागि संचालन गर्नका निर्माण गरिएको भवन तथा योजना अलपत्र परेको छ। कुनै निकाय सहयोग नहुँदा असाहय, सशक्त, टुहुरा बालबालिकालाई राख्नका लागि निर्माण गरिएको भवन र योजना अलपत्र परेको हो।

साविकको जिल्ला विकास समिति र महिला सशत्तिकरण बालबालिका संरक्षण केन्द्रमार्फत ६ लाखमा रुपैयाँमा जग्गा र भवन निर्माण एक तलाको भवन बनाउन ९ लाख रुपैयाँ खर्च भएको सशत्तिकरण बालबालिका संरक्षण केन्द्र कालिकोटका अध्यक्ष मैया मल्लले बताइन्। ‘हामीले भवन बनायौँ। यसमा हामी ऋण लिएर काम गरेका छौं।’

उनले भनिन्,‘पवित्र उद्देश्यले खोलिएको संस्थालाई कसैले सहयोग नगर्दा अहिले अलपत्र परेको छ।’ भवन निर्माण गरिएको भएपनि झ्याल, ढोका, प्लाष्टर लगाएतका काम गर्न बाँकी रहेको अध्यक्ष मल्लले बताइन्। ‘कसैले सहयोग नगर्दा भवन मात्र बनाइएको छ।’ उनले भनिन्,‘अन्य भौतिक पूर्वाधारका कुनै काम भएका छैनन्।’

सशक्तीकरण बालबालिका संरक्षण केन्द्र संस्था घेरलु हिंसामा परेका महिलाहरुले मात्र खोलेको अध्यक्ष मल्लले बताइन्। ‘घरेलु हिंसामा परेका महिला मिलेर संस्था खोलेका हौं।’ उनले भनिन्,‘त्यस्ता असाहय महिला तथा बालबालिका राख्नका लागि भवन बनाएका हौं। तर, कसैबाट सहयोग भएन्।’ कालिकोट जिल्लामा घरेलु हिंसा परेका ३ हजार ५ जना रहेका ती हिंसाबाट ५० जना टुहुरा बालबालिका रहेको र घरेलु हिंसामा परेर जन्मिएका कयौं बालबालिका रहेको अध्यक्ष मल्लले बताइन्।

‘घरेलु हिंसामा परेका महिलाहरुलाई समाजबाट दुरछिछि गर्ने अवस्था छ।’ उनले भनिन्,‘त्यस्ता महिलाहरु अहिले पनि समाजमा स्थापित हुन सकेका छैनन्।’ सशत्तिकरण बालबालिका संरक्षण केन्द्र गठन गरेको घरेलु हिंसामा परेका महिलाहरु थाहा भएको त्यस्ता महिलाहरु अहिले आफुसँग धेरै आउने गरेको अध्यक्ष मल्लले बताइन्।

प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     11:16:17 AM
error: Content is protected !!