☰ open Loading... 19 April 2024|  

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जिसी घोराहीबाट पक्राउ
  | २१ श्रावण २०७६, मंगलवार ०९:५३

दाङ । प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्त जिसी दाङको घोराहीबाट पक्राउ परेका छन् । घोराहीको ट्राफिक चोकवाट जिसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । लमहीबाट घोराही आउने क्रममा जिसीलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका जिसीवारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।