☰ open Loading... 19 April 2024|  

ससुराली गएका विप्लवका कार्यकर्ता पक्राउ
  | २१ श्रावण २०७६, मंगलवार १५:३०

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विप्लवका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । बराहताल–९ स्थायी ठेगाना भएका विप्लवका जिल्ला कमिटी सदस्य हिरालाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।


ससुराली गएका सुनारलाई बराहताल–१० ओदालतालबाट प्रहरी निरीक्षक विवेक कुमार शाहको टोलीले पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप क्षेत्रीले गरे ।

उनकानुसार सुनारको साथबाट विप्लव माओवादीका दस्तावेजहरु समेत बरामद गरिएको छ । यसबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।