☰ open Loading... 18 April 2024|  

अक्षयले खोले पैसाको रहस्य
  | २४ श्रावण २०७६, शुक्रबार १८:२८

विश्वचर्चित फोब्र्स म्यागेजिनले निकालेको सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा बलिउड सुपरस्टार अक्षयकुमार ३३औँ नम्बरमा छन् । फोब्र्सका अनुसार जुन २०१८ देखि जुन २०१९ सम्मको डाटालाई आधार मानेर यो सूची तयार गरिएको हो, जहाँ अक्षयको कमाइ चार सय २२ करोड भारु अर्थात् ६५ मिलियन अमेरिकी डलर छ ।

अक्षयले आफ्नो कमाइको रहस्य कठिन परिश्रम रहेको बताएका छन् । हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो सुनेर मलाई खुसी लाग्छ, तर मैले अहिलेसम्म समाचारको हेडलाइन मात्र पढेको छु र पूरा लेख पढेको छैन । म जान्दछु कि यो मेरो कमाइ कठिन परिश्रमको कारण हो ।’

उनले हरेक रुपैयाँका लागि कडा मिहिनेत गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, ‘पैसा तपाईंको साथमा सजिलै आउँदैन । मैले यसका लागि आफ्नो रगत र पसिना दिएको छु र यसले मेरो जीवनमा ठूलो अर्थ राख्छ ।’