☰ open Loading... 6 December 2019|   शुक्रबार, मंसिर २०, २०७६

रोनाल्डोको फिटनेस रहस्य

  |

अधिकांश फुटबलरको फर्म ३० वर्ष नाघेपछि खस्कँदै जान्छ । पोर्चुगलका कप्तान क्रिस्ट्रियानो रोनाल्डो अपवादमध्येका एक हुन् । ३४ वर्षको उमेरमा उनी पोर्चुगल र इटालियन सिरिए क्लब युभेन्टसका प्रमुख खेलाडी छन् । उनको दाबी पत्याउने हो भने शारीरिक रूपमा उनी अझै २३ वर्षकै छन् । मैदानमा उनको जोस र ऊर्जा पनि युवा खेलाडीको भन्दा कम देखिन्न, उनले कम्तीमा ४१ वर्षको उमेरसम्म यही जोसका साथ फुटबल खेलिरहने दाबी गरेका छन् । आखिर त्यस्तो कारण के छ, जसले पाँचपटकका ‘बेलोन डी ओर’ विजेता रोनाल्डोलाई वर्षौंदेखि उस्तै फुर्तिलो राखेको छ ?

मिहिनेत 
आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मिहिनेत गर्नु रोनाल्डोको विशेषता हो । म्यानचेस्टर युनाइटेडमा स्थापित हुनुअघि रोनाल्डोले घन्टौँसम्म अभ्यासमा बिताउँथे । स्टार बन्नुअघि अन्य खेलाडीले पनि यस्तै गर्छन् । तर, रोनाल्डो स्टार बनिसकेपछि आफ्नो छवि कायम गर्ने मामिलामा थप सचेत देखिए । म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र अहिले युभेन्टसमा उनले गरेको प्रदर्शन यसको प्रमाण हो ।

जिम 
फुटबल मैदानमा मात्रै होइन, रोनाल्डो खेल सकिएपछि पनि उत्तिकै मिहिनेत गर्छन् । धेरै फुटबलरलाई खेल सकिएपछि घर गएर टिभी हेर्दै आराम गर्न मन पर्छ । जबकि, रोनाल्डो सीधै स्विमिङ पुल जान्छन् । उनी जिममा पनि धेरैभन्दा धेरै समय बिताउँछन् । योग उनको फिटनेसको अर्को रहस्य हो ।

आराम
नले कम्तीमा आठ घन्टा निद्रा पूरा गरेकै हुन्छन् । मांसपेशीको विकासका लागि यो जरुरी छ ।

मदिरा प्रतिबन्ध
उनी अन्य खेलाडीजसरी नियमित नाइट क्लब जाँदैनन् । गइहाले पनि मदिरा सेवन गर्दैनन् । बरु, फुर्सदको समय घर–परिवार र साथीभाइसँग बिताउँछन् ।

सन्तुलित भोजन
पर्याप्त पोषणयुक्त खाना रोनाल्डोको रोजाइमा पर्छ । सुगरको मात्रा बढी भएका खाना खाँदैनन् । आमा डोलोरेस अभिइरो रोनाल्डोको फिटनेसलाई लिएर निकै सचेत छिन् । उनी प्रायः आफैँ रोनाल्डोलाई खाना पकाएर खुवाउँछिन् ।

तुलना नगर्ने
रोनाल्डोको अर्को विशेषता हो, आफैँमा विश्वास गर्ने । उनी अरूसँग तुलना गरिएको मन पराउँदैनन् । धेरैपटक धेरैले अन्य खेलाडीसँग तुलना गरेर रोनाल्डोको समय सकिएको विश्लेषण गर्छन् । तर, रोनाल्डो भन्छन्, ‘मलाई त्यस्तो तुलनाले केही फरक पार्दैन । मेरो नजरमा म नै उत्कृष्ट छु । यही प्रेरणाले मलाई दुःखद् समयमा पनि अघि बढ्न प्रेरित गर्छ ।’

प्रकाशित मितिः आइतवार, साउन २६, २०७६     6:07:37 PM
error: Content is protected !!