☰ open Loading... 20 April 2024|  

डोल्पामा दुई सय ३७ सुधारीएको चुलो वितरण
  | २९ श्रावण २०७६, बुधबार ०९:२०

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका ३ का वडा अध्यक्ष जनक केसीले सुँ र जिँउ गाउँका दुई सय ३७ घरलाई सुधारीएको चुलो वितरण गरेका छन् । एक सय ३५ सुँ गाउँका र जिँउका एक सय दुई घरधुरीले सुधारीएको चुलो पाएका हुन् ।

बैकल्पिक उर्जा प्रवद्धन केन्द्र सुर्खेतबाट ल्याइएको सुधारीएको चुला वितरण गरिएको अध्यक्ष केसीले बताए । खाना बनाउँदा चुलोबाट निस्केको धुवाँले भान्छेसँगै सम्पूर्ण परिवारको स्वास्थमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै सुधारीएको चुलो वितरण गरिएको उनले बताए ।

स्थानीय बजारमा एउटा सुधारीएको चुलोको मूल्य दश हजार रुपैयाँसम्म पर्ने गरेको छ । ढुवानी रकममात्रै तिरेर चुलो पाएपछि स्थानीय खुसी भएका छन् ।