☰ open Loading... 16 November 2019|   आइतवार, मंसिर १, २०७६

विन्डोज–टेन अपडेट गरिहाल्न माइक्रोसफ्टको चेतावनी

  |

एजेन्सी । माइक्रोसफ्टले विन्डोज–टेन का सबै प्रयोगकर्तालाई आफ्नो अपरेटिङ सिस्टम तुरुन्तै अपडेट गराइहाल्न चेतावनी दिएको छ । सफ्टवेयर र भाइरस सम्बन्धी गम्भीर समस्याका कारण कम्पनीले सो बयान जारी गरेको हो । सफ्टवेयरमा समस्या भएकै कारण प्रयोगकर्ताका तर्फबाट केही गल्ती नभएपनि कम्प्युटर भाइरसबाट प्रभावित हुन सक्ने भएकाले अपडेट गराउन भनिएको कम्पनीको भनाइ छ ।

मंंगलबार मात्र माइक्रोसफ्टका ‘डिरेक्टर अफ इन्सिडेन्स रेस्पोन्स’ , साइमन पोपले आफ्नो ब्लग पोस्टमा यसबारे लेखेका छन्, ‘सम्भावित रुपमा लाखौँ कम्प्युटर अहिले संवेदनशील अवस्थामा छन् । त्यसैले प्रभावित सिस्टमहरु तुरुन्तै मरम्मत गर्न जरुरी छ नत्र झन ठूलो खराबी आउन सक्छ । यसका लागि सबैले ‘माइक्रोसफ्ट सेक्युरिटी अपडेट गाइड’ हेरेर त्यहाँबाट नयाँ अपडेट डाउनलोड गर्न गर्नुपर्ने हुन्छ ।’

यसरी विन्डोज–टेन मा अटोमेटिक अपडेट राखेकाहरुको कम्प्युटर भने सुरक्षित भइसकेको हुनुपर्ने बताइएको छ । यसमा विन्डोज एक्सपी चाहिँ प्रभावित नभएको बताइएको छ । मार्केटशेयरका अनुसार विन्डोज टेन अहिलेको सबैभन्दा लोकप्रिय डेक्सटप अपरेटिङ सिस्टम हो । कम्पनीका अनुसार हाल विश्वभरका ८० करोड भन्दा धेरै डिभाइस विन्डोज–टेनमै सञ्चालित भइरहेका छन् । सीएनएन

प्रकाशित मितिः मङ्लबार, भदौ ३, २०७६     8:51:59 PM
error: Content is protected !!