☰ open Loading... 18 April 2024|  

कागजातविनै बालुवा र गिट्टी ओसार्ने २१ सवारी नियन्त्रणमा
  | ४ भाद्र २०७६, बुधबार १६:२३

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कागजातविनै बालुवा, ढुंगा र गिट्टी ओसार्ने २१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरको सुब्बाकुना र धुलियाविट नाकाबाट भित्रर्दै गरेका ट्याक्टर र टिप्परहरु प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा राखेको हो ।


वर्षात लागेसंगै बालुवा, ढुंगा र गिट्टी स्थानीय तहहरुले बन्द गरेका छन् । तर वीरेन्द्रनगरमा मनलाग्दी रुपमा ट्याक्टर र टिप्परले कागजातविनै नदीजन्य सामर्गी ओसार गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सई भक्तिराम खनालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका टिप्परहरुलाई आवश्यक कारवाहीको लागि सामग्री उठाएका सम्वन्धीत स्थानीय तहहरुमा प्रहरीले पत्रचार गरेको छ । नगरपालिकाले नियमसम्वन्ध कर तिरेको प्रमाणित गरेमात्रै प्रहरीले नियन्त्रणमा लिएका सवारी छोड्ने खनालले बताउनुभयाे ।

बाँकेबाट आएका दुईओटा टिप्परले नियमानुसार बालुवा ल्याएको प्रमाणित वीरेन्द्रनगर नगरपालिकाले गरेपछि प्रहरीले छाडेको छ । तर बाँकी सवारी भने प्रहरी कार्यालय परिसरमा राखिएको छ ।

खोला र नदीबाट बालुवा, ढुंगा र गिट्टी स्थानीय तहहरुले अनुमति नदिएको बेला प्रहरीले नाकाबाट भित्रने टिप्पर र ट्याक्टरमाथि कडा चेकजाँच गरिरहेको छ ।