☰ open Loading... 18 April 2024|  

श्रीस्थानको महिमा (फोटो फिचर)
  | ४ भाद्र २०७६, बुधबार १९:१७

दैलेख, ज्वाला क्षेत्र भएको एक महत्वपूर्ण धार्मीक क्षेत्र हो शिरिस्थान । श्रीस्थान मन्दिरको ज्वालाको दर्शनका लागी दैलेख बजारबाट १ घण्टा पैदल र आधा घण्टा सवारी साधनबा श्रीस्थान पुग्न सकिन्छ । नेपालकै भुमिमा सवैभन्दा महत्वपुर्ण मानिने पानीमाथी सदियौदेखि निरन्तर बलिरहेको ज्वाल बनेको देख्न सकिन्छ । खोलाको भित्ताभित्ता पनि बलेको कालि ज्वाला यस ठाउँमा देख्न सकिन्छ ।

दैलेख सदरमुकामदेखी ८ किलोमिटर पश्चिम भैरवी गाउँपालिकामा पर्ने शिरिस्थानमा बलिरहने ज्वालाहरु अविरल बलिरहेका देख्न सकिन्छ । यस ठाउँमा खोलाको पानीमा देखिने भुल्काहरुमा समेत आगो बलेको हेर्न पाईन्छ । वि.सं.१६२५मा दुल्लुका राजा प्रताप शाही र वेलासपुरका राजा संग्राम शाहीले संयुक्त रुपमा श्रीस्थान ज्वाला मन्दिर निर्माण गरेको सिलालेखमा उल्लेख गरिएको छ । जिल्लामा मानिसहरुको मृत्यु हुँदा श्रीस्थान र नाविस्थानमा रहेको ज्वालाको आगोबाट दाहसँस्कार गरे स्वर्गलोक पुगीने मान्यता अनुसार जिल्लाभरका मृत्यु भएका मानिसहरुको सब दाहसँस्कार गर्न श्रीस्थान र नाविस्थान आर्यघाटमा पु¥याउने परम्परा रहेको छ । यहाँका स्थानीयहरु जिल्ला बाहिर गएपनि अन्तिम दाहसंस्कार आफन्तसंग श्रीस्थानको आर्यघाटमा हुने ईच्छा राख्छन् ।

सरकारले यहाँ ग्यास र पेट्रोल खानी रहेको भन्दै अन्वेषणका लागि टोली पनि पठाएको थियो । अहिलेसम्म रिर्पोट आएको छैन् । पछिल्लो समय यहाँ ज्वालाको दर्शन गर्न जिल्ला बाहिरबाट धार्मीम पर्यटकहरुको घुईचो लाग्ने गरेको महन्त गोर्कण योगीले बताए । विगतभन्दा अहिले यहाँ भक्तजनहरु उपस्थिति राम्रो छ महन्त योगीले भने, भौतिक विकास हुन सके यहाँ आउनेहरुलाई सजिलो हुने थियो । अहिले प्रदेश सरकारले यहाँको धार्मीक क्षेत्रका बारेमा नितिगत रुपमा ठोस कार्ययोजना नबनाउँदा भौतिक विकास प्रचारप्रसार हुन सकेको छैन् । श्रीस्थानसंगै पंचकोशी क्षेत्रका पाचै वटा तिर्थ स्थलको आफ्नै महत्व रहेको छ ।

स्वस्थानी व्रतकथा अनुसार महादेवले सतिदेवीको शव लिएर पृथ्वी परिक्रम गर्ने क्रममा यहाँको श्रीस्थानमा शिर, नाविस्थानमा नावी, पादुकामा पाउ, कोटिलामा कोटी र धुलेश्वरमा बँचेको धुलो सतिदेवीको खसेको भन्ने कथन पनि रहेको छ । सतिदेवीको अंग खसेका सवै भागहरुमा महादेवले रिसको आक्रोशले गर्दा ज्वाला बन्ने गरेको पनि कथन छ । विगतमा सवै स्थानमा ज्वाला बन्ने गरेपनि अहिले श्रीस्थान र नाविस्थानका विभिन्न स्थानमा ज्वाला बन्ने गरेको छ ।