☰ open Loading... 20 April 2024|  

कम्युनिष्टका कारण राष्ट्र अप्ठेरो अवस्थामा गुज्रन थाल्यो : कांग्रेस सभापति देउवा
  | ६ भाद्र २०७६, शुक्रबार १८:०४

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र अप्ठेरो अवस्थामा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा समापन गर्दै देउवाले कम्युनिष्टको दम्भका कारण राष्ट्र अप्ठेरो अवस्थाबाट अघि बढ्न लागेको बताउनुभएको हो ।


कम्युनिष्ट शासन लाद्नमा अहिलेको सरकार उद्धत रहेकाले जनता निराश भएको सभापति देउवाले उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट सरकारकै कारण देशमा भ्रष्टाचार बढेको पनि आरोप लगाउनुभयो । कम्युनिष्ट सरकार नसच्चिए जटिल अवस्थामा पुग्न लागेको मुलुकको रक्षाको लागि कांग्रेसले सडकबाटै आन्दोलनको आँधिवेहेरी ल्याउने चेतावनी दिनुभयो ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालातर्फ इंकित गर्दै देउवाले पार्टी एकता गर्न आफू जहिले कटिवद्ध हरेपनि महामन्त्रीबाट साथ नपाएको उल्लेख गर्नुभयो । कम्युनिष्ट एकहुँदै गइरहेका बेला कांग्रेस दुई पार्टी जस्तो भएकाले एक बनाउन आफू लागि परेको बताउनुभयो ।

यता, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले महाधिवेशन गुट–उपगुट भएपनि अबदेखी पार्टी एक बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मुलुक र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएकाले पार्टीका तिक्तात अन्त्य गर्दै एक बनाउने पार्टीका तिक्तात अन्त्य गर्दै एक बनाउने घोषणा गर्नुभयो ।

समापन कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको अन्तरद्वन्द्व अन्त्य गर्दै एक बनाउने अभियानमा लागेको बताउनुभयो । दुईदिनसम्म चलेको प्रशिक्षणमा कर्णालीका दश जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता थियो ।