☰ open Loading... 19 April 2024|  

एक वर्ष अघि नै कालोपत्रे
  | ९ भाद्र २०७६, सोमबार ११:३१

दैलेख, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखअन्र्तगत दैलेख खण्डमा एक वर्ष अघि नै कालोपत्रे गरिएको छ । २०७६ दशैंपछिबाट सुरु हुने कालोपत्रेको कार्ययोजना रहेपनि एक वर्षअघि नै गरिएको हो ।

निर्माण कम्पनीले लक्ष्यभन्दा एक वर्षअघि ९ किलोमिटर कालोपत्रे गरेको योजनाले जनाएको हो । निर्माण कम्पनीले एक वर्ष अघि कालोपत्रे गरेको योजनाका सुचना अधिकारी तुलाराम शर्माले बताए । पूर्व दैलेखको लोहोरेदेखी हुलाकटाकुरा नजिकसम्म ५ किलोमिटर किलोमिटर कालोपत्रे लोहोरेदेखी हुलाकटाकुरा शर्मा गजुरमुखी जेभीले निर्माण गरेको हो भने मौलेसालदेखी खोपोसम्म ४ किलोमिटर कालोपत्रे केएस रमण जेभीले निर्माण गरेको हो । दैलेख खण्डमा अहिले ५० किलोमिटर कालोपत्रेका लागि टेण्डर गरि काम भैरहेको सुचना अधिकारी शर्माले बताए । दैलेख खण्डमा लोकमार्गले १ सय २६ किलोमिटर पुष्पलाल (मध्यपहाडी) राजमार्गको लम्वाई रहेको छ । जसमा ५० किलोमिटर कालोपत्रेका लागि काम भैरहेको छ । कार्ययोजनाअनुसार एक वर्ष पहिल्यै ९ किलोमिटर कालोपत्रे गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयका प्रमुख नारायणप्रसाद न्यूउरेले बताए । पुष्पलाल (मध्यपहाडी) राजर्माग योजनाले पश्चिम खण्डमा तोकिएको लक्ष्यभन्दा बढी प्रगती हासिल गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागद्वारा पुरस्कृत गरेको छ । प्रगती राम्रो देखीएपछि मन्त्रालयमा योजना प्रमुख नारायणप्रसाद न्यूउरेलाई सम्मान गर्दै पं्रशसापत्र समेत दिईएको छ ।

अहिले काम भैईरहेको ५० किलोमिटर कालोपत्रेलाई चार भागमा ठेक्का मार्फत काम भैरहेको छ । चार भागमा विभाजन गरि कालोपत्रेमा लोहोरेदेखी झुप्रेसालसम्म ९.९ किलोमिटरमा केएस रमण जेवीले भ्याद बाहेक २४ करोट ८४ लाख ३१ हजारमा रुपैँया घटेर ठेक्का लिएको हो । केएस रमणले २०६४ भाद्र ३ मा सम्झौता गरेको हो । यसले २०७७ भाद्र ३ गते काम सक्नुपर्ने छ ।

झुप्रेसालदेखी मनघरसम्म ११.४ किलोमिटरको ठेक्का शर्मा गजुरमुखी जेभीले २०७७ जेष्ठमा सक्ने गरि २०६४ जेष्ठ १४ सम्झौता गरेको योजनाले जनाएको छ । भ्याट बाहेक ३१ करोड ७२ लाखमा कालेपत्रेको ठेक्का लिएको हो । त्यस्तै वडालम्जीदेखी पादुकासम्म केएस रमण जेभी १३.३ किलोमिटरको कालोपत्रेको ठेक्का लिएको योजनाले जनाएको छ । २०७४ जेष्ठ १४ गते सम्झौता गरेको रमण जेभीले २०७७ जेष्ठ १४ कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । २६ करोड ९१ लाखमा सम्झौता गरेको हो ।

दैलेख पश्चिममा रहेको रामघाट पुलदेखी पादुकासम्म १५.८ किलोमिटर सडक कालोपत्रेका लागि पम्पु हाई हिमालयन जेभीले ठेक्का पाएको थियो । २०७४ जेष्ठ १४ गते सम्झौता भई २०७७ जेष्ठ १४ सक्नुपर्ने छ । ४२ करोड १० लाखमा उक्त सडकको ठेक्का लिएको हो । त्यस्तै लामो समय विवादका कारण दैलेख खण्डको ट्रयाक खोल्नै सकस भएको छ । नारायण नगरपालिकाले सहजिकरण गरे तत्कालै सहज रुपमा कामहरु अघि बढ्ने आयोजनाले जनाईएको छ ।

अव दैलेख खण्डमा कालोपत्रे सडक निर्माणका लागि बाँकी ७५.५ किलोमिटर रहेको छ । यो सडकको डिपिआर भईसकेकाले छिटटै टेन्डर गरिने आयोजनाले जनाएको छ ।
अहिले कालोपत्रे गर्न लागिएको चार खण्डमा सडक चौडाको काम ९० प्रतिशत सकिएको छ । त्यस्तै ग्याविग लगाउने, मेशनरी वाल लगाउने काम भैरहेको छ । सानातिना खोलाखाल्चीमा हिमपाईप मार्फत पानीको निकास गर्ने काम, ग्राविल, सववेसको काम सकिएको छ । आयोजनाको काम अघि बढाउँदा ३५ घर भत्काउनुपर्ने देखीएको छ ।