☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

श्रीनाथले प्याजियो सिटी डिलक्स अटो भित्र्याउँदै

  |

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ मोडलको अटो भित्र्याउन लागिएको छ । प्याजियो कम्पनीको आधरिक विक्रेता श्रीनाथ सप्लायर्सले भदौ मासन्तभित्रै प्याजियो एपे सिटी डिलक्स मोडलको नयाँ अटो भित्र्याउन लागेको घोषणा गरेको हो ।


वीरेन्द्रनगर–४ जुम्ला रोडमा रहेको श्रीनाथ सप्लायर्सले ग्राहकहरुको रोजाईनुसार नयाँ मोडलको अटो भित्र्याउन लागेको छ । लामो समयदेखी बेरोजगार यूवाहरुको स्वरोजगार दिँदै आएको श्रीनाथले भदौ अन्तिम साताबाट विक्री शुरु गर्ने जनाएको छ ।

ग्राहकलाई सर्भिस फ्रि
नेपालका लागि आधिकारिक आयातकर्ता विवेक अटो मोबाइल्सको सहकार्यमा श्रीनाथले ग्राहकहरुलाई फ्रि सर्भिस क्याम्प सञ्चालन गरेको छ । कम्पनीकोतर्फबाट इन्जिनियर शैलेन्द्र ठाकुरले प्रतिनिधित्व फ्रि क्याम्प सर्भिस सञ्चालन गरिएको हो ।

सुर्खेत लगायत नजिकका जिल्लामा रहेका सातसय मध्ये दुईसय पचास जना ग्राहकहरुले प्रत्यक्ष रुपमा सेवा प्राप्त गरेको श्रीनाथले जनाएको छ । सर्भिस क्याम्पबाट प्रत्येक ग्राहकलाई १ थान मोबिल फिल्टर, बिल रकममा १०५ प्रतिशत छुट एंव खाजा व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     4:15:06 PM
error: Content is protected !!