☰ open Loading... 19 April 2024|  

जनताका लागि नगर बस चलाउँदै चामुण्डाविन्द्रासैनी
  | १२ भाद्र २०७६, बिहीबार १७:२१

डेस्क सम्वाददाता
चामुण्डा (दैलेख) । चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यका साथ नगर बस संचालन गर्ने भएको हो । नगर बस आउने भएपछि स्थानीय हरु खुसी भएका छन । नगर बस संचालनमा आएपछि दैनिक आवत–जावत सहजता हुने स्थानीयहरुको अपेक्षा छ ।

तस्वीर साैजन्य : VisitNordjylland

चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिने वताउनु भयो । पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारण एवम व्यापार व्यावसायीहरुलाई यातायात सेवामा सहजताको लागी अबको केही समयमा नगर वस सेवा संचालन गरिने शाहीले जानकारी दिनुभयो । वर्षायाम सकिएको लगत्तै पालेतडा– तीजडाडाँमा नगर वस सेवा संचालनमा ल्याईने तयारीमा रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रायजसोः सबै वडाहरु सडक संजालसंग जोडिसकेको र गाउ“मा तत्काल खोजेको समयमा गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि यो काम निकै गाह्रो भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘हामीले गाडी खरिद गरेर सस्तो, सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौ“ ।, नगरबस संचालनमा आएपछि नगरबासीलाई आवतजावत गर्न सहज हुने उहाँको भनाई छ ।

लामो तथा छोटो दुरीका जीपहरुले महिला,बालक,वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले नगर बस संचालन गर्ने गरी आर्थिक वर्ष ०७६÷०७७ मा ३५ लाख बजेट विनियोजन गरेको चामुणडाविन्द्रासैनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिनुभयो । उहाँका अनुसार बसको क्षमता करिव २१ सीट हुनेछ ।