☰ open Loading... 20 April 2024|  

यस्ताे छ फेसबुकमा भाइरल भाे
  | १२ भाद्र २०७६, बिहीबार १७:४१

सुर्खेत । नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्वास्थ्यकर्मी एवम कलाप्रेमी सर्जक किरण ओलीको तीज गीत फेसवुुकमा भाइरल भो सार्वजनिक भएको छ । मौलिक गीतसंगीत सिर्जनामा लागि परेका ओलीको पहिलो तीज गीतमा भने फेसवुुकमा भाइरल भएको फोटोले मेयर, नेता एवम हिरोसँग भेट भएको कथावस्तुुलाई समावेश गरेका छन् ।

बढ्दो प्रविधिको प्रयोगबाट दैनिक जीवनमा गरेका गतिविधि कसरी भाइरल हुुन्छन् भन्ने कुुरा ओलीको गीतमा समेटिएको छ । किरण ओली र कुुलबहादुुर ओलीको लय, शब्दमा रहेको गीतमा केबि भण्डारी र राधिका हमालले स्वर दिएका हुन् । ओलीकै संगीत संयोजनमा रहेको म्युजिक भिडियोमा वरिष्ट नृत्य निर्देशक कुुलमान नेपालीको निर्देशन रहेको छ भने कोरियोग्राफर हेमन्त भुुषालले गर्नु भएको छ ।

म्युजिक भिडियोको मुुख्य भूमिकामा पवन योगी, कृति थापा, पुुजा गाहा, हेमन्ती घर्ती लगायत वरिष्ट कलाकार प्रेमदेव गिरी, किरण ओलीको जीवन्त अभिनय रहेको छ । सुर्खेतमै तयार गरिएको म्युुजिक भिडियो हेमन्त कंडेलको छायांकन छ भने मानबहादुर ओलीको सम्पादन रहेको छ । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरले निर्माण गरेको म्युुजिक भिडियो हाइलाइटस् नेपालको आधिकारीक च्यानलबाट सार्वजनिक गरिएको हो ।