☰ open Loading... 14 November 2019|   बिहिबार, कार्तिक २८, २०७६

बिबिएस अध्यनको हब बन्दै ‘सिद्धपाइला क्याम्पस’!

  |

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेत रहेको सिद्धपाइला क्याम्पस २०६९ सालमा स्थापना भएको हो ।स्थापनाकालदेखी नै बिबिएसमा अब्बल नतिजा हासिल गर्दै आएको क्यापसबाट हालसम्म तीन वटा ब्याज पास आउट गराइ सकेको छ ।

क्याम्पस त्रिभुवन बिश्वबिधालयले २०७५ सालमा सन्चालन गरेको बिबिएस प्रथम बर्षको नतिजामा प्रदेश प्रथम भएको छ । अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ घर भइ हाल लम्किचुवा नगरपालिका बस्ने भोजराज भण्डारीले कर्णाली र सुदुर पश्चिम प्रदेशको सबैभन्दा बढी ७३% ल्याइ कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेश प्रथम भएका छन् ।

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा सञ्चालित क्याम्पसले स्थापनाकालदेखि नै बि.बि.एस. मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसको नतिजा अब्बल रहंदै आएको छ । क्याम्पसमा प्रर्याप्त शैक्षिक सामाग्रीहरूकाे उपलब्धता र शान्तिपुर्ण, बिद्यार्थीमैत्री वातावरण सिद्धपाइला क्याम्पसकाे विशेषता हाे ।

क्षमतावान प्राध्यापकहरुको उचित सल्लाह ,मार्गदर्शन रनिरन्तर बिद्यार्थी मुल्यांकनले गर्दा पछिल्लाे समयमा बि बि एस अध्यन गर्ने विद्यार्थीहरूको पहिलो रोजाइमा सिद्धपाइला क्याम्पस पर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयकाे बि.बि.एस. प्रथम बर्षकाे २०७५ काे नतिजामा जम्मा १७.८५ प्रतिशत हुँदा क्याम्पसको नतिजा भने ५१ प्रतिशत रहेको छ ।

क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले पछिल्लो समय विद्यार्थीहरु बैंङतर्फ आकर्षण देखिएकाले सुर्खेत स्थित विभिन्न बैंकहरुसँग समन्वय गरेर क्याम्पसले विद्यार्थीहरुलाई इन्टनसिपकाे व्यवस्था गर्दै आएको बताए । उनले थपे ‘हामिले पास आउट भएका बिद्यार्थीहरूको रोजगारीको लागी समेत पहल गरि विद्यार्थीलाइ राेजगार दिलाउने कार्य समेत गरिरहेका छाैँ ।’

सिद्धपाइला क्याम्पसबाट अध्ययन गरि पास आउट भएका र अध्ययनरत केहि विद्यार्थीहरू सुर्खेत स्थित लक्ष्मी बैंक, इनभेष्टमेन्ट बैंक र नेपाल बङगलादेश बैंकमा कार्यरत छन्। क्याम्पस प्रमुख सुवेदीले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै क्याम्पसले अतिरिक्त क्रियाकलापहरू समेत सञ्चालन गर्दै आएको बताए ।

सुवेदीले भने – ‘अन्य क्रियाकलापका लागि अब हामिलाइ आफ्नै सुविधासम्पन्न भवनको आवश्यकता महसुस भएकाे छ । त्यसैले मंगलगढी चौक नजिकै भौतिक संरचना निर्माणकाे लागि तयारी अन्तिम चरणमा पुर्याएका छाैँ ।’ लिफ्टसहितको भवनका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले थपनुभयो क्याम्पसले यस् बर्ष कक्षा १२ को नतिजा प्रकाशन भए संगै नयाँ विद्यार्थी भर्ना खुलाएको केही समयमै दुइवटा सेक्सन पूरा भएको र तेस्रो सेक्सनका सिमित सिटहरुमा मात्रै नयाँ बिद्यार्थी भर्ना लिन्छौ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     5:36:28 PM
error: Content is protected !!