☰ open Loading... 19 April 2024|  

कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइयो
  | १४ भाद्र २०७६, शनिबार १०:४५

डेस्क सम्वाददाता
सुर्खेत । नेपालगञ्जबाट दैलेख पठाएका गाई सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवामा अलपत्र छाडेपछि पुनः ति गाईहरु नेपालगञ्ज पठाइएको छ । शुक्रबार बिहान दुई दर्जन बढी गाईहरु भीरबाट खसालेको अवस्थामा मृत भेटिएपछि चौतर्फी आचालोचना भएको थियो । तर कटकुवामा रहेका जीवित एक सयबढी गाईहरु नेपालगञ्ज पठाइएको पुष्टी कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी पूर्णचन्द जोशीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ः  नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो
यो पनि पढ्नुहोस् ः भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग

‘शुक्रबार साँझ नै जीवित पशुचौपायलाई नेपालगञ्ज पठाइएको छ’ जोशीले भन्नुभयो, ‘बाँकी रहेका गाईहरु पनि पठाउने तयारी भइरहेको छ ।’ उहाँले गाईगोरु ल्याउने पाँच ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले २९१ गाईगोरु दैलेख पठाउने भन्दै बिहीबार साँझ पठाएको थियो । ति मध्य २३ गाई कटकुवा र ८ सुब्बाकुना नजिकैको भीरमा मृत अवस्थामा भेटिएका थिए ।