☰ open Loading... 19 April 2024|  

भैरवी गाउँपालिका र शिरस्थान मन्दिरद्वारा दैलेखमा गार्इ माग नगरिएकाे प्रतिक्रिया
  | १४ भाद्र २०७६, शनिबार १६:२८

सुर्खेत । बाँकेकाे नेपालगञ्जबाट दैलेखकाे शिरस्थानमा गाइ पठाएकाे विषयमा दैलेखकाे भैरवी गाउँपालिका र मन्दीर व्यवस्थापन समितिले माग नगरेकाे बताएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी गाईगोरू पठाइएको थियो । तर शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।

सम्वन्धीत समाचार
गाैहत्या प्रकरण : छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइयो
भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग
नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पारे । ‘यहाँ त्यति ठूलो सङ्ख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्’ उनले भनेका छन् ।

भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो । कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् ।