☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगरका चौक चौकमा गीत गाउने मैतुरामको दुर्घटनामा मृत्यु
  | १५ भाद्र २०७६, आईतवार ११:०८

डेस्क सम्वाददाता
सुर्खेत । वीरेन्द्रनगरको चौक–चौकमा पुगेर गीत गाउने कलाकार मैतुराम नेपालीको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर–६ खोर्केखोला निवासी नेपालीको शनिबार दिउँसो मुलपानी चौकमा अटोबाट खस्दा गम्भीर घाइते भएका थिए । घाइते नेपालीको उपचारका लागि लखनऊ लगिएको बेला गएराती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


सारंगी रेटेर विरहका गीत गाउने दृष्टिविहीन नेपाली धारापानी जाँदै गर्दा भे १ स ७९१८ नम्बरको अटोबाट खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका नेपालीको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारको लागि कोहलपुरहुँदै भारतको लखनऊ लगिएको थियो ।

नेपाली चाैक चाैकमा बसेर गीत गाएरै दैनिकी चलाउँदै अाएका थिए । उनलाइ ठक्कर दिने अटाे फरार रहेकाले खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।