☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगर वडा नम्बर ६ काे ढल गण्डकी टाेलका घरमा
  | १५ भाद्र २०७६, आईतवार ११:३०

डेस्क सम्वाददाता
सुर्खेत । वीरेन्द्रनगर नगरपालिको गण्डकी लाइन भएर बग्ने ढल निकास थुनिदा सडक नै जलमग्न भएको छ । मगंलगढी चौकदेखी पश्चिम र चाइनापुलदेखी विचमा पर्ने गण्डकी लाइनतर्फ बग्ने ढलको निकास थुनिदा सडक नै जलमग्न भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ बाट बग्ने ढल गण्डकी लाइनबाट निकास खोलिएको थियो । तर आइतबार विहान दश बजे परेको पानीका कारण निकास थुनिदा फोरलेन सडक नै जलमग्न भएको छ ।

गण्डकी लाइनतर्फ साघुरो निकास रहेकाले स्थानीयका घर र पसलहरुमा पानी पस्ने गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै सुशासन अभियान्ता हरि अधिकारीले लेखेका छन्, ‘ वीरेन्द्रनगर वडा नम्बर ६ मा अव्यवस्थित नाला र ढलले गर्दा गण्डकी लाइन प्रभावित भएको छ । सरोकारवाला निकायको ध्यानाकर्षण गराउँन चाहान्छु ।’

यस्तै, दिनेश गौतमले प्रश्न गर्दै लेखेका छन्, ‘वडा नम्बर ६ भएर बग्ने ढल तातापानी र गण्डकी टोलबासीले कहिले सम्म खाने हो मेयर साप !’