☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

मेयर डा. धवल शम्शेरद्धारा क्षमायाचना, सत्यतथ्य चाँडै बाहिर ल्याइने

  |

काठमाडौं । नेपालगञ्ज उप– महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले नगरपालिका क्षेत्रभित्र रहेका छाडा पशुचौपायाको ब्यबस्थापन गर्न पबित्र उद्देश्यका साथ दैलेख स्थानान्तर गर्दा राष्ट्रिय जनावर गाईहरुको मृत्यु भएको घटनाले अत्यन्तै दुखी र मर्माहत बनाएको बताएका छन ।
उनले सचिवालयमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै  सम्पूर्ण हिन्दुहरुको आस्था माथि पर्न गएको दुखद घटनाप्रति क्षमा याचना पनि गरेका छन ।
आफू तीन दिनदेखि कामको सिलसिलामा काठमाडौं आएको र यहि समयमा घटना भएको उल्लेख गर्दै उनले यस घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपालगञ्ज उच्च अदालत वार एशोसियसनका अध्यक्ष अधिवक्ता बिकास आर्चायको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको जानकारी दिएका छन । यसैगरी उनले सो घटनाको छानबिनको लागि गृहमन्त्रालयद्धारा गठित समितिका कारण अनुसन्धान थप सहज हुने र सो समितिलाई सत्य तथ्य छानबिनको लागि नेपालगञ्ज नगरपालिका र आफ्नो पुर्ण सहयोग रहने जनाएका छन ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     6:17:44 PM
error: Content is protected !!