☰ open Loading... 15 July 2020|   बुधबार, असार ३१, २०७७

सुर्खेतमा सेनाकाे एयरवेश स्थापना, दुई वटा हेलिकोप्टर नियमित तैनाथ रहने

  |

सुर्खेत । नेपाली सेनाले पश्चिम क्षेत्रका लागि लक्षित गरेर सुर्खेतमा एयरवेश सञ्चालनमा ल्याएको छ । काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा मंगलबारबाट सुर्खेतमा पनि एयरवेश सेवा सञ्चालमा ल्याइएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले एयरवेश सञ्चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

वेशमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एम आई-१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ रहने पाण्डेले बताए ।

‘आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेण्ड लाइन मेन्टेनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ’, सहायक रथी पाण्डेले भने, ‘वेशले पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटो, छरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

प्रकाशित मितिः मङ्लबार, भदौ १७, २०७६     6:19:32 PM
error: Content is protected !!